Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बेथिति

प्रदेश सरकारका योजना कमिसनका भरमा आउने गरेका छन् : मेयर बोहरा (कुराकानी सहित)


मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले प्रदेश सरकारबाट संचालित योजनाको परिणाम न्यून देखीएको बताएका छन् ।

आर्थिक लेनदेनका आधारमा प्रदेश सरकार मार्फत ल्याइएका योजनाको परिणाम न्यून देखिने गरेको उनले बताएका हुन् ।

प्रदेश सरकारका अधिकांश योजना आफू निकट व्यक्ति हेरेर वा त आर्थिक लेनदेनकै आधारमा विनियोजन हुने गरेका उनको भनाई छ । मेयर बोहराका अनुसार नगरले निर्णय गरि माग गरेका योजना भन्दा पनि आफू निकट र आर्थिक लेनदेनमा संलग्न हुनेहरूका लागी प्रदेश सरकार मार्फत योजना आउने गरेका छन् ।

नगरको आवश्यकता जनहितलाई ध्यानमा राखी प्रदेश सरकार समक्ष माग गरिएका योजनामा बजेट विनियोजन नभई सीमित व्यक्तिलाई झ्यालबाट योजना दिँदा त्यसको परिणाम शून्य हुनेको उनको भनाई छ । रेडियो बान्नीगढीसंग कुराकानी गर्दै मेयर बोहराले प्रदेश सरकारबाट संचालित योजनाको पारदर्शीता र गुणस्तरबारे स्थानीय सरकारका जनप्रतिनिधिलाई समेत उपभोक्ता समितिका पदाधिकारीले नटेर्ने गरेको उल्लेख गरेका छन् ।

तिँ योजना कार्यान्वयनको अवस्था,प्रगति प्रतिवेदन र भुक्तानीका लागी स्थानीय तहको सिफारिस समेत आवश्यकता नपर्ने भएपछि स्थानीय सरकार र जनप्रतिनिधिको कुनै सिप नलाग्ने गरेको मेयर बोहराको गुनासो छ ।

नगर प्रमुखको रुपमा दोस्रो पटक निर्वाचित भएका मेयर बोहराले स्रोत र जनशक्तिको उपलब्धता अनुसार गरिएका कामप्रति आफू सन्तुष्ट रहेको बताएका छन् ।

कुराकानी :-


क्याटेगोरी : पश्चिम खोज, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode