Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कुनै पनि खाले हिंसा सहेर नबस्न गाउँपालिका उपाध्यक्ष रावलको आग्रह

बान्नीगढीमा कानुनी सचेतना तथा साक्षरता कार्यक्रममा जोड


कुनै पनि खाले हिंसा सहेर नबस्न गाउँपालिका उपाध्यक्ष रावलको आग्रह

बान्नीगढी जयगढ गाउँपालिकामा कानुनी सचेतना तथा साक्षरता कार्यक्रममा जोड दिइएको छ ।

नागरिकलाई वर्तमान ऐन,कानुन र न्यायिक समितिका काम कर्तव्यबारे जागरण फैलाउन कार्यक्रममा जोड दिइएको हो ।

जस अन्तर्गत बुधवार गाउँपालिकाको वडा नम्ब २ ालीकोटमा कानुनी सचेतना तथा साक्षरताका लागी स्थानीयसँग अन्तरक्रिया गरिएको छ ।

कार्यवाहक वडा अध्यक्ष ललिता देवी स्वारको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति सदस्य बिन्दु रावल प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रावलले समाजमा हुने विभिन्न हिंसा न्यूनीकरणका लागी प्रतिबद्ध रहेको बताएकी थिइन् ।

आफु माथि कुनै पनि हिंसा सहेर बस्न नहुनेमा जोड दिँदै उनले कुनै पनि हिंसा तथा समस्या भएमा न्यायिक समिति तथा आफूसँग सम्पर्क गर्न आग्रह गरेकी थिइन् ।

महिला तथा पछाडि पारिएका समुदायहरू माथि हुने हिंसा तथा अन्याय न्यूनीकरणका लागी प्रतिबद्ध रहेको बताउँदै उनले आवश्यक सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाएकी छन् ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता मोहन ताम्राकार,कार्यपालिका सदस्य तर्क टमटटा लगाता अतिथि रहेका थिए ।

अन्तर्क्रिया कार्यक्रमको सहजीकरण नायब सुब्बा तिलक ठकुल्ला रोजगार संयोजक गणेश सुनारले गरेका हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode