Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

गाडी दुर्घटनामा अस्ताईन् बान्नीगढीकी हरिया


अछाम : डोटीको गैरामा सवारी दुर्घटनामा परि बान्नीगढीकी हरिया परियारको मृत्यु भएको छ ।

अछामको मंगलसैनबाट धनगढी जाँदै गरेको शिवपूरी यातायात प्रालिको सु.प्र. प्रदेश ०१–००१ ख ३९५६ नम्बरको (ई.भी.) हाईस गाडी डोटी गैरामा दुर्घटनामा पर्दा हरियाको घटनास्थलमै मृत्यु भएको हो भने २१ जना घाइते भएका छन् ।

इभी हाईस गाडी अनियन्त्रित भई करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घटनामा घाईते भएकाहरुलाई उपचारका लागी पदमा अस्पताल अत्तरिया पठाईएको प्रहरीले बताएको छ ।

घटनाका घाईतेहरुको बिवरण :-

जिल्ला प्रहरी कार्यालय, डोटी ।
बिषयः- सवारी दुर्घटना सम्बन्धी ।
मिति २०८२।०६।२५ गतेको ०५;३५ बजेको समयमा जि. डोटी जोरायल गा.पा. वडा नं. १ गोल्डेन स्थित भिमदत्त राजमार्गमा अछाम बाट धनगडी तर्फ जाँदै गरेको चालक जि. कैलाली धनगढी उ.म.न.पा. वडा नं. १२ B गाँउ बस्ने वर्ष अं. ३८ को देब बहादुर थापाले चलाएको सु.प.प्र. ०१ ००१ ख ३९५६ नम्बरको E.V. हाइस अनियन्त्रीत भई सडक बाट अं. १०० मिटर तल खस्न गई दुर्घटना हुँदा हाईसमा सवार निम्न स्थान बस्ने निम्न ब्यक्तीहरू मृत्यु/घाईते भई प्र.ब.ना.नि. लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १४ जनाको टोलीले उद्दार गरी घाईतेहरुलाई उपचारको लागी पदमा अस्पताल अत्तरिया, कैलाली पठाएको, ।
निम्नः-
१. जि. अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २२ कि हरिया परियारको घटनास्थलमै मृत्यु भएको ।

२. जि. कैलाली धनगढी उ.म.न.पा. वडा नं. १२ B गाँउ बस्ने वर्ष अं. ३८ को देब बहादुर थापाको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम (चालक) ।
३. जि. अछाम मङ्गलसेन न.पा. वडा नं. ९ बस्ने बर्ष १८ को लोकेन्द्र रावलको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर ।
४. ऐ.ऐ. बस्ने बर्ष ४२ को मेघ्या ढोलीको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
५. ऐ.ऐ. बस्ने कृष्ण बि.क. को छोरा बर्ष १६ को एकेन्द्र बि.क. को शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर ।
६. ऐ.ऐ. बस्ने जनक परियारको श्रीमती बर्ष अं. ३५ कि मोतिकला परियारको शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर ।
७. ऐ.ऐ. बस्ने जनक परियारको छोरा बर्ष ११ को बिराज परियारको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर ।
८. ऐ.ऐ. बस्ने बर्ष ५३ को भिम ब. ढोलीको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर ।
९. ऐ.ऐ. बस्ने बर्ष ११ कि शृष्टी परियारको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर ।
१०. ऐ.ऐ. बस्ने बर्ष ५ कि आहाना परियारको शरिरमा चोट अवस्था सामान्य ।
११. ऐ.ऐ. बस्ने बर्ष ५ कि एलिसा परियारको शरिरमा चोट अवस्था सामान्य ।
१२. ऐ.ऐ. बस्ने बर्ष ५० कि पदमा परियारको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
१३. ऐ.ऐ. बस्ने बर्ष ५ कि रिया परियारको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
१४. ऐ.ऐ. बस्ने बर्ष १९ को बिनोद परियारको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर ।
१५. ऐ.ऐ. २ बस्ने बर्ष २३ को रबि परियारको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
१६. ऐ.ऐ. बस्ने बर्ष ३७ को नृप ढोलीको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
१७. ऐ.ऐ. बस्ने बर्ष ३८ को देवराज भाटको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
१८. ऐ.ऐ. बस्ने बर्ष ३० कि मनसरी परियारको टाउको र शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर ।
१९. जि. अछाम बान्निगढी न.पा. वडा नं. १ जयगढ बस्ने बर्ष ५० कि इन्द्रसरा परियारको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
२०. जि. अछाम मङ्गलसेन न.पा. वडा नं. ९ बस्ने बर्ष ४३ को चक्र परियार अवस्था सामान्य ।
२१. ऐ.ऐ. बस्ने बर्ष ४ की सुप्रिया परियार अवस्था सामान्य ।
२२. ऐ.ऐ. बस्ने वर्ष २१ की गौरी परियार अवस्था सामान्य ।

डोटी इभी गाडी दुर्घटना : घाइते अधिकांश अछाम र कैलालीका [नामसहित]


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode