Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

३ हजार मतदाताको अपमान : मेल्लेखको अँगालिखोलामा कहिले बन्ला पुल ?


३ हजार मतदाताको अपमान : मेल्लेखको अँगालिखोलामा कहिले बन्ला पुल ?

अछाम । अछामको मेल्लेख गाउँपालिकाको कुस्कोट–हात्तिकोट क्षेत्रका बासिन्दा झुलङ्गे पुल अभावमा दैनिक रुपमा सास्ती व्यहोर्न बाध्य भएका छन्। विद्यालय जाने बालबालिका देखि सर्वसाधारणहरु गाउँपालिकाको वडा नम्बर ८ र ४ जोड्ने अगालिखोला तर्ने क्रममा वर्षेनी जोखिममा पर्ने गरेका हुन्।

स्थानीयवासीले बारम्बार झुलङ्गे पुल निर्माणका लागि माग राख्दै आएका भए पनि न त कुनै राजनीतिक दल,न जनप्रतिनिधि, न सरकार र न सरोकारवाला निकायले ध्यान दिएको उनीहरुको स्थानीयको गुनासो छ। “हामीले रमाउने पार्क, पक्की सडक वा मोटरवेल मागेका छैनौं। केवल विद्यालय जान–आउन सहज होस्, जनताले आवतजावत गर्न सकून् भन्ने पुल मात्रै चाहेका हौं,” स्थानीय शिक्षक राम बहादुर साउँदले फेसबुकमा लेखेका छन् ।

मेल्लेख गाउँपालिकाको नक्सामा तलपट्टि पर्ने यस क्षेत्रमा करिब ३ हजार मतदाता बसोबास गर्छन्, जसले पालिकाको करिब आधा जनसंख्या ओगट्छ। तर, जनसंख्या घना भए पनि विकासको आधारभूत सुविधा पाउन नसकेको स्थानीयवासीले दु:खेसो गर्दै आएका छन् ।

तस्विर : प्रेम साउँद


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode