भारत रायपुरमा हुने तीज विशेष कार्यक्रमको तयारी पूरा

भारत : सुदूरपश्चिमेली नेपाली समाज भारत रायपुर ले आयोजना गर्न लागेको गौरा तथा तीज विशेष सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ।
पश्चिमेली समुदायको विशेष चाड गौरा तथा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ।
कार्यक्रम यहि अगस्त २६ गते रायपुर सुन्दरनगरमा रहेको चन्द्राकर छात्रावासको मंगल भवनमा बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने आयोजक समिति सदस्य नविन साउँदले बताएका छन् ।
कार्यक्रममा चर्चित लोकदोहोरी गायक टंक तिमिल्सैना,हास्यकलाकार हेमराज अधिकारी (खन्ट्याखलास् ) गायिका संगिता बडुवाल लगायतका कलाकारहरूको प्रस्तुति रहने छ।
यस कार्यक्रमले भारतमा रहेका सुदूरपश्चिमेली नेपाली समुदायबीच आपसी एकता, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको अपेक्षा छ ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया