Hikmat Acharya
  • ३० साउन २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

भारत रायपुरमा नेपाली समुदायको तीज उत्सव कार्यक्रम हुने


हरितालिका तीजको अवसरमा भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा भव्य तीज मिलन विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

छत्तिसगढ राज्यमा रहेका नेपालीहरुको आयोजनामा  यही भदौ १० गते (अगस्ट २६) सम्पन्न हुने आयोजक सदस्य नवीन साउदले जानकारी दिए।

उनका अनुसार कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। गायक टंक तिमिल्सैना, हास्य कलाकार हेमराज अधिकारी ‘खन्ट्याखलास’ र गायिका संगिता बडुवालले आ–आफ्ना लोकप्रिय प्रस्तुति पस्कनेछन्।

छत्तीसगढमा रहेका नेपाली समुदायबीच भेटघाट, सांस्कृतिक आदान–प्रदान र तीज पर्वको उल्लासपूर्ण वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रममा सहभागीतााका लगाी आसपासमा रहेका नेपाली दाजुभाईलाई आमन्त्रण गरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode