भारतले धौलीगंगा बाँध खोल्यो

बैतडी– भारतको धार्चुलामा रहेको धौली गंगा बाँधको ढोका खोलिएको छ ।
धौलीगंगा पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सिल्ट सरसफाइका लागि आकस्मिक रुपमा बाँध खोल्नुपरेको भारतीय पक्षले जनाएको छ ।
बिहीबार राति डेढ बजेतिर खोलिएको बाँध शनिबार दिउँसोसम्म खुला रहने धौली गंगा पावर स्टेशन एनएचपीसीले जनाएको छ ।
धौलीगंगा बाँधको ढोका खोलिएका महाकाली नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको ढोका खोलिएका कारण महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।
दार्चुला र बैतडीका महाकाली नदी किनारमा बसोबास गर्ने नागरिकहरुलाई तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया