Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


बान्नीगढीमा वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको आयोजना तथा शिक्षा शाखाको समन्वयमा गाउँपालिका स्तरीय वक्तृत्वकला तथा हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रम अलकनन्दा माध्यमिक विद्यालय तिमिल्सैनको सभाहलमा वडा नम्बर ४ का वडा अध्यक्ष किरण बहादुर खत्रीको अध्यक्षतामा तथा गाउँपालिका उपाध्यक्ष बिन्दु रावलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै उपाध्यक्ष रावलले भनिन् “शिक्षाले मात्र होइन, यस्ता सिर्जनात्मक प्रतियोगिताले पनि विद्यार्थीमा आत्मविश्वास, प्रस्तुती क्षमता र देशप्रतिको समझदारी बढाउँछ। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नेछ।”

वक्तृत्वकला प्रतियोगिताको नतिजा यस प्रकार रहेको छः

प्रथम: त्रिलोक ओझा – ऐश्वर्य मावि, दर्ना

द्वितीय: बिष्णु साउँद – राष्ट्रभाषा मावि, गाज्रा

तृतीय: पल्लवी रावल – नन्दा मावि

सान्त्वना: सन्देश साउँद – बिन्ध्यवासिनी मावि

हाजिरी जवाफ प्रतियोगितामा:

प्रथम: बिन्ध्यवासिनी मावि, दर्ना

द्वितीय: अलकनन्दा मावि, तिमिल्सैन

तृतीय: बालकल्याण आवि, दर्ना

सान्त्वना: शान्नीकोट आवि, कालिका

कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यालय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। निर्णायक टोलीले विद्यार्थीहरूको प्रस्तुतीमा भएको आत्मविश्वास, तयारी र अभिव्यक्तिलाई सकारात्मक मूल्याङ्कन गरेको बताएको छ।

गाउँपालिकाले विद्यार्थीको क्षमता विकासमा यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।


क्याटेगोरी : पालिका, शिक्षा, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode