Hikmat Acharya
  • २३ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

अध्यक्ष बि.सी.को अगुवाइमा तुर्माखाद अस्पताल निर्माणले पायो गति


अछाम । अछामको तुर्माखाँद गाउँपालिकाको केन्द्रमा निर्माणाधीन १० शय्याको अस्पताल भवनको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। भवनको ढलान कार्य अन्तिम चरणमा पुगेको छ ।

९ करोड लागतको अस्पतालको निर्माणको जिम्मा धुलिखेल निर्माण सेवा कम्पनीले करिव ६ करोड २५ लाखमा काम सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरि जिम्मा लिएको थियो।

अघिल्लो गाउँपालिका सरकारको पालामा भवन निर्माणको ठेक्का सम्झौता भए पनि निर्माण कार्यमा विभिन्न अवरोध आएर लामो समयसम्म अलपत्र परेको थियो।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीको नेतृत्वको गाउँपालिका सरकार आए पश्चात् अस्पतालको निर्माण कार्य अघि बढेको थियो । गाउँपालिका सरकारको प्राथमिकतामा रहदै आएको अस्पताल भवन निर्माण कार्य हाल आएर करिव अन्तिम चरणमा पुगेको छ ।

१० शय्या उक्त अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवा कम्पनीका प्रतिनिधि नारायण माझीले आउदो असोजभित्रै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने दाबी गरेका छन्।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले नेपाल सरकारको नीति अनुरूप ग्रामीण भेगमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित अस्पताल भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको बताएका छन् । समयमै अस्पताल भवनको निर्माण सम्पन्न भएमा गाउँमा स्वास्थ्य सेवा प्रवाहमा ठूलो सहजता आउने उनको बिश्वास् छ ।

स्थानीयवासीले पनि भवन निर्माण कार्यले गति लिएकोमा खुसी व्यक्त गर्दै अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका हजारौं नागरिकले आधारभूत स्वास्थ्य सेवा सहजै प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

अस्पतालको भवन निर्माण कार्य समयमै सम्पन्न गर्न जोड दिईएको बताउद‌ै गाउँपालिका अध्यक्ष बि.सी.ले भवन निर्माण कार्य सम्पन्न भए पश्चात् अस्पताल संचालनका लागि आवश्यक गतिविधि तिव्र रुपमा अघि बढाइने उल्लेख गरेका छन् ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode