Hikmat Acharya
  • २० वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

"अविजित बचाउ अभियान"

आर्थिक अभावले मृत्युसँग लड्दै अविजित : आमाको रुवाबासी, सबैसँग सहयोगको अपिल


अछाम । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवी बेल्पाटाका २० वर्षीय अविजित परियार अहिले जीवन र मृत्युसँग निरन्तर लडिरहेका छन् । जन्मजात मुटुको गम्भीर समस्या बोकेका अविजितलाई यथाशीघ्र शल्यक्रिया आवश्यक भए पनि आर्थिक अभावका कारण उनी मृत्युसंग लड्न बाध्य भईरहेका हुन् ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंमा गरिएको परीक्षणबाट अविजितलाई गम्भीर मुटुरोग भएको पुष्टि भएको छ । चिकित्सकहरूका अनुसार उनको समयम्र शल्यक्रिया नगरिए, परिणाम गम्भीर र अपूरणीय हुन सक्छ।

उनको मुटुको शल्यक्रियाका लागी करिब ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

८ वर्षअघि अविजितका बुबा दिपक दमाईको निधन भएपछि उनकी आमा पार्वति दमाईले अविजित सिहत ३ सन्तान (अविजित सहित उनका भाइ र एक बहिनी) लाई कृषि र मजदुरी गरेर पालिरहेकी छन् । अविजितका लागी ८ लाख जम्मा गर्नु उनका लागी असम्भव छ । आर्थिक अभावका कारण पार्वतिको परिवारलाई छोराको यो रोग अभिशाप जस्तै बनेको छ ।

आमा पार्वती भक्कनिदै भन्छीन् “म एक महिला जेनतेन गुजारा चलाईरहेकी छु धेरै कमाउन सक्दिन। जेठो छोरो अब मृत्युको मुखमा छ । तपाईँहरू सबैले मेरो सहारा छोरो अविजितलाई बचाइदिनुहोस् ।

भारतमा बर्षौ अघि गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा नै चिकित्सकहरूले अविजितको २० वर्ष उमेर पुगुन्जेल शल्यक्रिया नभए ज्यानको ठूलो जोखिम हुने चेतावनी दिएका थिए । त्यो समय अहिले पुगिसकेको छ — तर आर्थिक अभावका कारण उपचार अघि बढ्न सकेको छैन ।

“छोरो अविजितको आँखामा अझै बाँच्ने आशा देखिन्छ,” उनकी आमा पार्वती दमाई भन्छिन्, “तर हाम्रो घरमा त न त पैसा छ, न कुनै सहारा। उसका बुबा आठ वर्षअघि बितिसके। अहिले ऊ पनि बाँच्नका लागि गुहार मागिरहेको छ। तर म केही गर्न सक्दिन।”

पार्वती भक्कानिँदै थप्छिन्,म सबै दयालु मनहरूलाई हात जोडेर बिन्ती गर्छु — मेरो छोराको जीवन बचाइदिनुहोस्। ऊ मेरो मात्र हैन, यो समाजकै भविष्य हो। आठ लाख रुपैयाँ हामीसँग छैन, तर तपाईँहरूको सहयोगले ऊ फेरि बाँच्न सक्छ।”

एक सानो सहयोगले एक जीवन बच्न सक्छ, एक आमाको आँसु थामिन सक्छ। अविजितको उपचारका लागि आवश्यक रकम जुटाउन सामाजिक, मानवीय र नैतिक दायित्व बोध गर्दै सक्दो सहयोग गरिदिनुहुन सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा पश्चिम रैवार सवैमा हार्दिक अपिल गर्दछ ।

उनको उपचारका लागी हाल स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण टमट्टाको नेतृत्वमा आर्थिक स‌ँकलन अभियान सँचालन भइरहेको छ । उनको जीवन रक्षाका लागी सहयोग गर्न चाहाने महानुभावहरुलाइ निम्नानुसार बैँक खातामा रकम जम्मा गरिदिन हुन अनुरोध छ ।

अविजितको जीवन रक्षाका लागी ५ हजारभन्दा माथी सहयोग गर्ने सहयोगीदाताको बिवरण पश्चिम रैवारले प्रकाशन गर्नेछ ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode