विपद्मा युवाको एकता: जापानबाट संकलित १ लाख ३० हजार जयगढ पुग्यो

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारका आगलागी पीडित परिवारलाई परदेशमा रहेका नेपाली युवाहरुले सहयोग गरेका छन्।
जापानमा अध्ययन तथा रोजगारीमा रहेका गोविन्द साउँद लगायतका युवाहरुको पहलमा संकलन गरिएको १ लाख ३० हजार ३ सय ६१ रुपैयाँ सहयोग रकम नेपाल पठाइएको हो। आगलागी पीडितका राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मानवीयताको आधारमा यो सहयोग गरिएको उनीहरुले जनाएका छन्।
“गाउँठाउँमा विपद् पर्दा सहयोग गर्नु हाम्रो कर्तव्य हो भन्ने सोचका साथ यो पहल गरिएको हो,” जापानमा रहेका सहयोगी युवा नवीन कठायतले भने । सहयोग अभियानमा संलग्न सबै दाताहरुले मानवीय धर्म निभाउन पाएकोमा उनले खुशी व्यक्त गरेका छन्।
बान्नीगढी जयगढका खगेन्द्र साउँद लगायतका स्थानीय युवाहरुको सक्रियतामा जयगढका आगलागी पिडितका लागी सहयोग संकलन अभियान चलिरहेको छ। सोही अभियानमार्फत जापानबाट संकलित रकम नेपाल पठाईएको हो।
आफुहरुले परोपकारी सोचले पठाएको रकमले पिडितहरुको उद्दारमा थोरै भए पनि मद्दत पुग्ने गोविन्द साउँदको बिश्वास् छ ।
गएको चैत्र २६ गते जयगढ बजारमा आगलागी हुँदा २५ घर र ती घरमा संचालित ३५ वटा पसलहरु जलेर नष्ट भएका थिए ।
आगलागीबाट ८ करोड बढीको क्षति भएको तथ्याँक छ ।
इ

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया