Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

आज बिहानको भूकम्पमा परी ३२ जनाको मृत्यु, ३८ जना घाइते


आज बिहानको भूकम्पमा परी ३२ जनाको मृत्यु, ३८ जना घाइते

आज बिहान चीनमा गएको भूकम्पमा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ । अरु ३८ जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार आज बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको ठूलो झट्का महसुस भएको दिङ्गे काउन्टीमा रहेका गाउँमा धेरै घरहरू भत्किएका खबरमा उल्लेख छ ।

सरकारी अधिकारी तथा उद्धारकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । भत्किएका भवनमा फसेकाको उद्धार र खोजी भइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने सिन्ह्वाले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode