माया मेट्रो हस्पिटलका निर्देशक डाक्टर साउद सम्मानित
धनगढी : सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै माया मेट्रो हस्पिटल, धनगढीका कार्यकारी निर्देशक डाक्टर मोहन साउद सम्मानित भएका छन्।
कैलालीमा जारी सुदूरपश्चिम महोत्सवको अवसरमा अर्थमन्त्री रामेश्वर खनालले आज साउदलाई सम्मानपत्र प्रदान गरेका हुन्।
कैलाली उद्योग वाणिज्य सचिव कैलाश चन्दले स्वास्थ्य सेवा सुधार र समुदायको हितमा साउदले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै सम्मान गरेको बताए।
साउद बाल रोग विशेषज्ञ हुन्। माया मेट्रो बाल रोगीको लागि उपयुक्त गन्तव्य बन्दै आएको छ।

क्याटेगोरी : समाचार, सुदूरपश्चिम






प्रतिक्रिया