Hikmat Acharya
  • ४ मंसीर २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा एकैदिन ४८ फरार प्रतिवादी पक्राउ परे


धनगढी : कैलालीमा एकैदिन ४८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले मंगलबार ४८ जना फरार प्रतिवादी पक्राउ गरेको हो।

‘फैसला कार्यान्वयनअन्तर्गत जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला गरी कैद, जरिवाना भुक्तान नगरी फरार रहेका ४२ प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

डीएसपी सिंहका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले २२ जना, धनगढीबाट ८ जना, भजनीबाट ५ जना, टीकापुरबाट ४ जना र बौनियाबाट ३ जनालाई पक्राउ गरिएको हो।

‘लागुऔषध दुर्व्यसनी र कुटपिटलगायतका विभित्र मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेकाहरूलाई पक्राउ गरिएको हो,’ डीएसपी सिंहले भने, ‘उनीहरू जेन–जी आन्दोलनमा कारागारबाट भागेका कैदीबन्दी भने होइनन् ।’


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode