Hikmat Acharya
  • ३ मंसीर २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलाको बेवारिसे दुई थान भरुवा बन्दुक बरामद


दार्चुला : दार्चुलामा जंगलभित्र बेवारिसे अवस्थामा दुई थान एक नाले भरुवा बन्दुक फेला परेको छ।

सोमबार करिब साढे ४ बजेतिर अपिहिमाल गाउँपालिका–१ खायाकोटस्थित जंगलमा प्रहरीले उक्त बन्दुक बरामद गरेको हो।

जंगलमा लुकाइ–छिपाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी खण्डेश्वरीबाट खटिएको टोलीले बन्दुक फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode