बान्नीगढी जयगढ गाउँपालिका
जुनियरलाई हाकिम बनाएका साउँद झुके : रावल हाकिमबाट आउट–रेग्मीलाई जिम्मेवारी
अछाम : बान्नीगढी जयगढ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्व परिवर्तन गरिएको छ।
आज बसेको गाउँपालिकाको कार्यपालिका बैठकले छैटौँ तहका वसन्त रावललाई हटाएर सातौँ तहका झनक रेग्मीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले सिनियर कर्मचारीलाई छाडेर जुनियर कर्मचारीलाई आर्थिक अख्तियारीसहित हाकिम बनाएको भन्दै निरन्तर आलोचना हुँदै आएको थियो ।
यसअघि गाउँपालिका अध्यक्ष साउँदले पालिकामा ९ तहका कर्मचारी आए पनि आफू नजिकका वसन्त रावललाई नै हाकिम बनाइराख्ने बताउने गरेको बिषय चर्मामा आएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममै हाकिम नियुक्तिसम्बन्धी विषय उठ्नुका साथै चौतर्फी आलोचना हुन थालेपछि अध्यक्ष साउँद अन्ततः आफ्नो अडानबाट पछि हट्न बाध्य बनेको बुझिएको छ।
यस निर्णयसँगै अब झनक रेग्मीले गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम










प्रतिक्रिया