Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

दशैंमा बान्नीगढीका दुई स्थानमा देउडा खेल : सपना र शारदाले देउडा खेलाउने


अछाम । विजयादशैंको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकाका दुई स्थानमा देउडा खेल आयोजना हुने भएको छ ।

वडा नम्बर ३ बरदादेवीको लामागाउँ र वडा नम्बर ५ कालिकाको बाच्कोटमा देउडा खेल हुने आयोजकले जनाएका छन् ।

कालिका–बाच्कोटमा गायिका सपना रावलले र बरदादेवी–लामागाउँमा शारदा बोहराले देउडा खेलाउने छन् । यहि असोज १६ गते अर्थात् दशैंको टिकाको दिन दिउँसो दुवै ठाउँमा देउडा कार्यक्रम तय गरिएको छ ।

स्थानीयवासीको पहलमा बरदादेवीको लामागाउँ चल्लाकाट्ने पटाकानीमा खेल खेलीने लाल साउँदले बताएका छन् । उता कालिका–बाच्कोटमा ठुलाघर पटाकानीमा देउडा खेलिने देउडामा सहभागी भई दिन नविन साउँदले सम्पूर्ण देउडा प्रेमीलाई निमन्त्रणा गरेका छन् ।


क्याटेगोरी : कला-साहित्य, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode