Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

स्वर्गीय रोहितको सम्झनामा जयगढका युवाले गरे बजार सरसफाई


अछाम : बडा दशैँको अवसरमा स्वर्गीय रोहित साउँदको सम्झनामा रोहित मेमोरियल क्लबले बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजार सरसफाइ गरेको छ ।

युथ क्लबको सक्रियतामा जयगढ बजार सरसफाई गरिएको हो ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा ऐतिहासिक रूपमा लाग्ने डोलजात्रा मेलाको तयारीका क्रममा बजार सजाउने क्रममा गएमो भाद्र ३१ गते करेन्ट लागेर ज्यान गुमाएका १७ वर्षीय रोहित साउँदको सम्झनामा जयगढ क्षेत्रका युवाहरुले बजारमा सरसफाई गरेका हुन् ।

बजारलाई सफा र आकर्षक बनाउन गरिएको उक्त कार्यक्रममार्फत युवाहरुले दिवंगत रोहितप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सरसफाइ कार्यक्रममा स्थानीय युवाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । गाउँलाई सफा र सुन्दर बनाउन निरन्तर यस्ता गतिविधि संचालन गरिने बताईएको छ ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode