समाजसेवामा बजगाईको नाम : छोरीको जन्मदिनमा परोपकारी काम
श्रीमतीको जन्मदिनमा कैदीलाई टि.भी,छोरीको जन्मदिनमा विद्यार्थीलाई पुस्तक

सामाजिक सेवामा निरन्तर सक्रिय नेपाल ट्रेड युनियन काँग्रेस अछामका अध्यक्ष तथा नेपाल विद्युत प्राधिकरणमा कार्यरत चित्रराज बजगाईले आफ्नी छोरीको जन्मदिनको अवसरमा परोपकारी काम गर्ने घोषणा गरेका छन् ।
शनिबार २६ औँ बर्ष पुरा गरेकी छोरी इन्जिनियर जेनिशा बजगाईको जन्मदिनको अवसरमा उनले कमलबजार नगरपालिकामा रहेका विभिन्न विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई करिब ७५ हजार रुपैयाँ बराबरका पाठ्यपुस्तक वितरण गर्ने तयारी गरेका छन्।
यसका लागि कमलबजार नगरपालिका अन्तर्गतका पाँच विद्यालय चक्रेश्वरी मा.वि. घेगड, जाल्पादेवी मा.वि. बजगाउँ, महेश्वर आ.वि. बजगाउँ, हिमालय आ.वि. भुन्तोली र शक्ती आ.वि.बाट २०÷२० जना विद्यार्थी छनोट गरिनेछ ।
आज शनिबार विद्यालय बन्द भएकाले सामाग्री विद्यालय खुल्ने दिन हस्तान्तरण गरिने उनले बताएका छन् ।
बजगाई सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन् । यसअघि उनले आफ्नी धर्मपत्नीको जन्मदिनको अवसरमा अछाम कारागारका कैदीलाई ४२ इन्चका २ वटा टेलिभिजन वितरण गरेका थिए भने निःशुल्क विद्युतिय चुलो पनि उपलब्ध गराएका थिए ।
त्यस्तै, कमलबजार नगरपालिकामा स्थायी बसोबास गर्ने दुःखी बिरामी तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारका लागि नेपालगञ्ज जानुपर्ने अवस्थामा उनले निःशुल्क यातायात सेवा समेत उपलब्ध गराउँदै आएका छन्।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, राजनीति, सुदूरपश्चिम
प्रतिक्रिया