Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछाममा बाघको आक्रमणबाट एक जना घाइते


अछाममा बाघको आक्रमणबाट एक जना घाइते

अछाम– अछाममा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिवार दिउँसो बाघको आक्रमणमा परि घाइते भएका हुन्।

थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा बसन्त सामुदायिक वनअन्तर्गतको बुकखोला डाँडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ।

उपचारका लागि घाइते थापालाई जिल्ला अस्पताल मंगलसेन पु¥याइएको थियो।

थापा अचानक बाघको आक्रमणमा परे पछि सो क्षेत्रमा स्थानीय बासी त्रसित बनेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode