Hikmat Acharya
  • १७ साउन २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा खुकुरी प्रहारबाट एक युवक घाइते


कञ्चनपुर– कञ्चनपुरमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् ।

जिल्लाको पुर्नवास नगरपालिका–५ स्थित ‘घ’ गाउँका १६ वर्षीय आयुष बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार, गएराति पुर्नवास नगरपालिका–५ स्थित ‘ग’ गाउँमा रहेको भानु युवा क्लबको खेल मैदानमा सामान्य विवादका क्रममा सोही ठाउँका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले बोहरामाथि खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट घाइते बोहराको पुर्नवास स्थित बिएन पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागी कैलालीको धनगढी स्थित निर्सग अस्पतालमा लगिएको प्रनाउ प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए।

घाइते किशोरको अवस्था मध्यम रहेको उनले बताए।

कुटपिटमा संलग्न टमाटा र सुनारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाइएको प्रनाउ बोहराले बताए।

पक्राउ परेका टमाटाको साथबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode