विषालु च्याउ खाएका डडेल्धुराका एक वृद्धको मृत्यु

डडेलधुरा– डडेल्धुरामा विषालु च्याउ खाएका वृद्धको मृत्यु भएको छ।
डडेलधुराको आलिताल गाउँपालिका–१ फिन्नेगडा मेलखर्कका ७० वर्षीय देवबहादुर बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको हो।
साउन ७ गते साँझ आफ्नै खेतबारीमा उम्रेको विषालु च्याउ खाएर बिरामी परेका उनलाई आफन्तले दुई दिनपछि मात्र अस्पताल पु–याएका थिए।
शरीरमा विष फैलिएका कारण उनी गम्भीर अवस्थामा पुगेका थिए। अवस्था जटिल भएपछि साउन ९ गते उनलाई डडेलधुरा अस्पताल ल्याइएको थियो।
अस्पतालको आईसियुमा राखेर उपचार गरिए पनि उनको अवस्था सुधार हुन सकेन।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दका अनुसार बोहराको मंगलवार साँझ उपचारका क्रममा मृत्यु भएको हो।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया