बैतडीकी लक्ष्मी सार्किको “ठाडिभाका बाबाकी सोराई” सार्वजनिक

बैतडी– बैतडीको तल्लो स्वराड पञ्चेश्वर गाउँपालिका–१, सुन्तोलाकी लक्ष्मीको स्वर यस्तो गुञ्जीयो, जसले सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई तिव्र गतिमा उजागर गरिरहेको छ ।
स्थानीय कलाकार लक्ष्मी सार्किको “ठाडिभाका बाबाकी सोराई” देउडा गीत सार्वजनिक भएको छ । यो केवल गीत मात्र होइन, सुदूर क्षेत्रको आत्मकथा पनि हो ।
देउडा, सुदूर–पश्चिम र कर्णाली प्रदेशमा प्रचलित लोकगीत र नृत्य हो । यसमा प्रेम–पिर, वीरता र अन्य सामाजिक सन्देश समेटिन्छन् ।
संसारको कथा, गाउँका चुनौतिहरू र प्रकृतिसँगको सम्बन्ध सबैको दर्पण बनेर देखिन्छ ।
‘ठाडिभाका’ शब्दले केवल एक लोकभाका होइन, यो एकान्त र मनमा बुनिएको भावनात्मक कथा हो ।
आत्मनिर्भर बाबाको संघर्ष, गाउँघरको दैनिकी, र आर्थिक विकटताको पीडा यी गीतका मूलधार हुन् । लक्ष्मीले यस गीतमार्फत सांगीतिक अपिल मात्र गरेकी छैनन्, उनी आफ्नै प्रतिभा र पहिचान पनि प्रस्तुत गर्दैछिन् ।
आर्थिक अभावले आफुभित्र रहेको प्रतिभा गुमाउन लागेको बाध्यता उनमा छ । देउडा केवल गायन–नृत्य मात्रै होइन, यो त्यो साझेदारी हो जसले सामाजिक विभेद, क्षेत्र र आर्थिक भिन्नतालाई मध्यनजर गर्दै सबैलाई एक पोलमा ल्याउँछ ।
लक्ष्मी सार्किको ‘ठाडिभाका बाबाकी सोराई’ एक प्रत्यक्ष अपिल हो, राष्ट्रिय मञ्चमा स्थानीय कलालाई स्थान दिलाउने, आर्थिक–सांगीतिक मुद्दालाई व्यवस्थित रूपमा उठाउने। यसले हामी–सबैको जागरण पनि गर्न सक्छः “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो अभिमान”।
यो गीत कुनै सुनसान गाउँमा मात्र सीमित छैन, यो डिजिटल माध्यममार्फत नेपाल र सीमा पारीसम्म गुन्जिने शक्ति बोकेको छ । समय–प्रसंग अनुसार यो अभियानलाई समर्थन गर्नु अब हाम्रो दायित्व हो ।
यसमा शव्द सिर्जना लक्ष्मी सार्की र गायक जयराज भट्ट ले गरेका हुन् लय र स्र पनि लक्ष्मी कै रहेको छ । यस्तै अभिनय पनि लक्ष्मीले नै गरेकि छन् । यो गित मेहक रेकर्डिङ स्टुडियोबाट सार्वजनिक भएको छ ।
क्याटेगोरी : कला-साहित्य, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया