मंगलसैनको बीच सडकमा रोपाइँ : बाध्यता कि प्रतिशोध ?

अछाम : मंगलबार बिहान अछामको सदरमुकाम मंगलसैन बजारमा अनौठो दृश्य देखियो। स्थानीयबासीले हिलाम्मे सडकमा हलगोरु लगाएर धान रोपे। यो कुनै चाडपर्व थिएन, न त सांस्कृतिक परम्परा – यो थियो जनताको रचनात्मक विरोध।
वर्षायाम सुरु भएसँगै बजार क्षेत्रको मुख्य सडक हिलाम्मे हुने समस्या बर्षौँदेखि दोहोरिँदै आएको छ। पटक–पटक गुनासो गर्दा पनि समाधान नपाएपछि स्थानीयले यस्तो विरोधको बाटो रोजेका हुन्। उनीहरूले सडकलाई नै खेत बनाउँदै धान रोपे र सन्देश दिए – अब हाम्रा सहनशीलताको सीमा नाघिसकेको छ।
भाइरल भयो सडकमा रोपाइँको दृश्य
सडकमा हलगोरु जोतेर धान रोपिएको दृश्यको भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। जनताको यस्तो अनौठो विरोधप्रति सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखा परेको छ। कतिपयले यस्तो कदमलाई रचनात्मक विद्रोह भन्दै समर्थन गरेका छन् भने कसैले स्थानीय सरकारप्रति कडा आलोचना गरेका छन्। एमालेजनले भने एमाले नेतृत्वको नगर सरकारको बिरोध र आलोचना गर्न नपाएपछि निर्माणाधिन सडकको हिलाम्मेलाई लिएर एमाले नेतृत्वको नगर सरकारलाइ घेराबन्दि गर्न खोजिएको दावी गरेका छन् ।
नगर प्रमुखको प्रतिक्रिया, व्यङ्ग्य कि व्यथा?
विरोध कार्यक्रमपछि मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लेखे:
उनको उक्त भनाइले सामाजिक सञ्जालमा नयाँ बहस जन्माएको छ। मेयर बोहराले नगरले पक्कि सडकका लागि ठेक्का सम्झौता सहित काम भईरहेको निर्माणाधिन सडकका बिषयमा अनावश्यक बखेड झिक्न खोजेको बताएका छन् । निर्माणाधिन सडकलाई समयमै सम्पन्न गर्न रचनात्मक सहयोग गर्नुको सट्टा मंगलसैनलाइ बदनामित गर्ने कुचेष्टा गरेर केही व्यक्ति तथा समुहले पराजित मानसिकता सडकमा पोखेको उनको आरोप छ ।
मंगलसैन नगरपालिकामा सुशासन सहितको बिकास निर्माण लगायतका कार्यले गति लिदा बिकास बिरोधी अताल्लिएको उनको भनाई छ । केहीले मेयरको भनाइलाई तिखो जवाफका रूपमा स्वीकारेका छन्।
किन भयो यस्तो अवस्था ?
नगरपालिकाका प्रमुख इञ्जिनियर खम्म केसीका अनुसार, मंगलसैन बजार क्षेत्रको उक्त सडक खण्डमा प्रिमेक्स कालोपत्ठेरेका लागि ठेक्का गएको असोजमा नै दिइएको थियो । A.N.D. निर्माण कम्पनीसँग ६८ लाख रुपैयाँको लागतमा सम्झौता भएको हो।
हालसम्म करिव ७० प्रतिशत काम सम्पन्न भइसकेको केसीले जानकारी दिए। “काम ढिलै सुरु भएको र कामकै क्रममा पानी परेपछि सडक हिलाम्मे हुन पुगेको हो। सडक निर्माणका क्रममा स्ट्रक्चरको काम थप हुन जादा केही ढिलाई हुन पुगेको र सम्भवत: असारभित्रै निर्माण सक्ने गरी ठेकेदारलाई ताकेता गरिएको छ,” उनले थपे।
स्थानीय बासिन्दाले वर्षौंदेखि भोग्दै आएको हिलाम्मे सडकको सास्ती र त्यसप्रति जनप्रतिनिधिको चासोको अभावले जनआक्रोश चुलिएको हो। सडकमा रोपाइँ गर्नु कुनै रमाइलो नभएर बाध्यताको परिणाम भएको स्थानीयको भनाइ छ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, पालिका, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया