Hikmat Acharya
  • २४ वैशाख २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

जंगलघाटमा फेरि निर्माणमा अध्यक्ष बि.सी.को दृढता : असार अगावै सञ्चालनको लक्ष्य


अछाम । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना चिसापानी–जंगलघाट–बडिमालिका सडकअन्तर्गत जंगलघाटस्थित कर्णाली नदीमा फेरि निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ।

पक्की पुल निर्माण कार्य पूरा हुन अझै २ बर्षबढी लाग्ने भएका कारण तत्काल सवारीसाधनको सहज आवागमन सुनिश्चित गर्न तुर्माखाँद गाउँपालिकाले फेरि निर्माणमा जोड दिएको हो।

हाल झुलङ्गे पुलमार्फत दुईपाङ्ग्रे सवारीसाधन मात्र कर्णाली नदी पार गरिरहेका छन्, भने चारपाङ्ग्रे सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

यस्तो अवस्थाबीच गाउँपालिकाले उपभोक्ता समिति गठन गरी जनश्रमदानसहित १ करोड रुपैयाँको लागतमा फेरि निर्माण कार्य अगाडि बढाएको छ।

फेरि निर्माण उपभोक्ता समिति अध्यक्ष विष्णु बहादुर शाहीका अनुसार फेरि निर्माणका लागि आवश्यक काम तिव्र पारीएको छ । उपभोक्ता समितिले फेरि निर्माण गर्ने कम्पनिसंग सम्झौता गरि फेरि निर्माण कार्य अघि बढाईएको छ।

उनका अनुसार जेठ मसान्तसम्म कर्णाली नदिमा फेरि जडान कार्य लगभग पूरा भईसक्ने छ ।

जंगलघाटमा फेरि पुनः सञ्चालनमा आए कैलाली लगायत तराईका जिल्लाबाट अछाम आवागन र अछामबाट प्रस्थानका सिधा र छोटो दुरीमा यात्रा गर्न सहज हुनेछ ।

तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.सी.ले सडक पहुँच विकास पालिकाको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनका अनुसार कर्णालीमा फेरि सञ्चालन भएपछि न आवतजावत मात्रै सहज नभई गाउँपालिकाबासीसंगै अछामका नागरिकको जनजीवनमा प्रत्यक्ष असर पर्नेछ र यसले आत्मनिर्भरतामा अहम भुमिका निर्वाह गर्नेछ ।

यो सडक सुदूरपश्चिम,कर्णाली र लुम्बिनि प्रदेशको भूगोललाई नजिक ल्याउने महत्वपूर्ण माध्यम हो। पक्की पुल निर्माण नहुँदासम्म फेरिले दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। फेरि पुनः सञ्चालन भएपछि अछाम लगायतका नागरिकहरूलाई कैलाली सुर्खेत हुँदै देशका अन्य भू–भागमा पुग्न झनै सजिलो हुने छ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode