अछाममा म्याद गुज्रेका खाद्यबस्तु छ्यापछ्याप्ती : मंगलसैनमा बरामद गरि नष्ट

अछाम । अछामको सदरमुकाम मंगलसेन बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका विभिन्न खाद्य सामग्रीहरू बरामद गरी सार्वजनिक रोहबरमा नष्ट गरिएको छ। बजार अनुगमन जिल्ला प्रशासन कार्यालय अछाम, मंगलसेन नगरपालिका, घरेलु तथा साना उद्योग विकास कार्यालय अछाम, र जिल्ला प्रहरी कार्यालय मंगलसेन अछामको संयुक्त पहलमा गरिएको हो।
मंगलसेन नगरपालिका–५ स्थित बजार क्षेत्रका ७ वटा पसलहरूमा गरिएको अनुगमनमा ३ वटा पसलमा म्याद समाप्त भइसकेका सामग्री बिक्रीका लागि राखिएको फेला परेको अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।
ती पसलहरूबाट स्प्राइट २.५ लिटर ४० बोतल, जिंक चाउचाउ ३५ प्याकेट, र एम.डि. सस २७ बोतलसहित करिब रु. १०,००० (अक्षरेपी दश हजार) बराबरको सामान बरामद गरिएको बताईएको छ।
उक्त सामग्रीहरूलाई प्रहरी चौकी मंगलसेनमा ल्याई स्थानीय जनप्रतिनिधि, पत्रकार, र नागरिक समाजका प्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको हो।
म्याद गुज्रेका सामान बेच्दै सेती सप्लायर्स : मंगलसैनमा भेटीए डेट एक्सपाएर मिरिण्डा

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया