Hikmat Acharya
  • १८ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

एमाले अछाम अधिवेशन : बन्दशत्र जारी, सर्वसम्मतीमा जोड


अछाम । नेकपा (एमाले) अछामको ९औं जिल्ला अधिवेशन अन्तर्गत बन्दशत्र जारी रहेको छ। अधिवेशन हिजो शनिवार मंगलसेन स्थित खुलामञ्चमा उद्घाटन गरिएको थियो ।

अधिवेशनको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले उद्घाटन् गरेका थिए ।

अधिवेशन अन्तर्गत अहिले पार्टी कार्यालयको हलमा बन्द शत्र जारी रहेको छ ।

अधिवेशनमा जिल्लाभरबाट ४ सय ४७ जना प्रतिनिधिहरु सहभागी छन् । अधिवेशनको बन्दशत्रमा पार्टीको आर्थिक तथा सांगठनिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित गरिएको छ।

अध्यक्ष मण्डलका अध्यक्ष तथा अछाम जिल्ला इन्चार्ज झपट बहादुर बोहराको अध्यक्षतामा अधिवेशनको बन्द शत्र जारी रहेको हो ।

बोहरा नेतृत्वको अध्यक्ष मण्डलमा सदस्यहरु केन्द्रीय सदस्य यज्ञ बोगटी,केन्द्रीय सदस्य कमल तिमिल्सैना,प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी,प्रदेश सदस्य पशुपति कुँवर सदस्य रहेका छन् ।

नेतृत्व चयनका लागि निर्वाचन मण्डलले कार्यतालिका सार्वजनिक गरिसकेको छ भने मतदाता नामावलि पनि प्रकाशित गरिएको छ।

नेताहरुले सर्वसम्मति मार्फत नयाँ नेतृत्व छनोट गर्न जोड दिईरहेका छन् ।

सहभागी प्रतिनिधिहरुले प्रतिवेदनमाथि दिएका सुझावहरु संकलन गरिएको छ। एमाले अछामले यी सुझावहरुलाई आगामी दिनमा सुधार गरेर लैजाने बताएको छ ।

नेकपा एमाले अछामको अध्यक्षका लागी बर्तमान अध्यक्ष चन्द्र बोहरा,सचिव भीम रावल (कालोटोपी)शिव प्रसाद उपाध्याय,बम बि.सी. तिलक कुँवर,डि.वी.साउँद आकाँक्षी रहेका छन् ।

नेकपा एमाले अछामको शंकटकालिन अवस्थामा नेतृत्व गरि यहाँसम्म आईपुगेको बताउदै अध्यक्ष चन्द्र बोहरा आफुलाई पुन: पार्टी र प्रतिनिधिले सर्वसम्मतीमा नेतृत्व दिनेमा बिश्वस्त छन् ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode