Techie IT
  • २४ मंसीर २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

इन्स्टाग्राममा नाबालिगको लागि अब ‘टीन अकाउन्ट’


इन्स्टाग्राममा नाबालिगको लागि अब ‘टीन अकाउन्ट’

काठमाडौँ– लोकप्रिय सोसल मिडिया प्लेटफर्म इन्स्टाग्रामले एक महत्वपूर्ण घोषणा गरेको छ, जसमा नाबालिगहरुको इन्स्टाग्राम अकाउन्टमा अत्यन्तै महत्वपूर्ण फेरबदल गरिँदैछ ।

यो नयाँ सर्भिसको मद्दतले नाबालिगहरुलाई अनलाइन दुनियाँका कारण हुने नोक्सानीबाट बचाउने प्रयास इन्स्टाग्रामको छ ।

उसो त इन्स्टाग्रामले आफ्नो प्लाटफर्ममा नयाँ फिचर थपसँगै आफूलाई उत्कृष्ट बनाउने कोसिस गरिरहेको हुन्छ । यसै क्रममा इन्स्टाग्रामले Teen Account ल्याएको छ । यसमा किशोर किशोरी अर्थात् नाबालिग प्रयोगकर्तालाई अनलाइन सेफ्टीसँगै उत्कृष्ट अनुभव प्राप्त हुनेछ ।

Built–in Protection
इन्स्टाग्राम टीन अकाउन्ट प्रयोगकर्तालाई बिल्ट इन प्रोटेक्सन प्राप्त हुनेछ । यसको मद्दतले प्रयोगकर्ताको सम्पर्क केवल सीमित मानिसहरुसँग मात्रै हुनेछ र उसको प्रोफाइल पनि सीमित मानिसहरुले मात्र देख्न सक्नेछन् । साथै यसमा स्लीप मोड पनि रहनेछ ।

सेटिङ्ग बदल्न चाहिने अभिभावको स्वीकृति
कम्पनीका अनुसार अब नाबालिगहरुको इन्स्टाग्राम अकाउन्ट आफैं टीन अकाउन्टमा परिणत हुनेछ । साथै १६ वर्षमुनिका प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम सेटिङ्गमा परिवर्तन गर्नका लागि अभिभावकको स्वीकृति लिनुपर्नेछ । यसबाट अभिभावकलाई निगरानी गर्न पनि सहज हुनेछ ।

नयाँ प्रयोगकर्ता स्वतः टीन्स अकाउन्टमा
मेटाका अनुसार अब जो नयाँ नाबालिगकहरुले इन्स्टाग्राममा खाता खोल्नेछन् उनीहरुले स्वतः टीन अकाउन्टमै जानेछन् । साथै जो किशोर किशोरीहरुले पहिलेदेखि नै इन्स्टाग्राम प्रयोग गरिरहेका छन् उनीहरुलाई चाहिँ एउटा अलर्ट पठाइनेछ र उनीहरुको अकाउन्टलाई टीन अकाउन्टमा परिणत गर्न लागिएको जानकारी गराइनेछ ।

यी देशबाट हुँदैछ सुरुवात
इन्स्टाग्राम टीन अकाउन्टको सुरुवात चरणबद्ध रुपमा हुनेछ । पहिलो चरणमा यो सेवा अमेरिका, बेलायत, क्यानडा तथा अष्ट्रेलियाबाट सुरु गरिँदैछ र आगामी ६० दिनभित्रमा चाहिँ सबै प्रयोगकर्तालाई उपलब्ध गराइनेछ । तत् पश्चात् आगामी वर्षदेखि यो विश्वव्यापी रुपमा लागू गरिनेछ ।

आफैं खुल्नेछ प्राइभेट अकाउन्ट
इन्स्टाग्रामले टीन अकाउन्टलाई डिफल्ट रुपमै प्राइभेट गराउनेछ । यसको अर्थ प्रयोगकर्तालाई अरुले एकतर्फी रुपमा फलो गरेर मात्र हुनेछैन, फलोअर्सलाई सम्बन्धित प्रयोगकर्ताले एक्सेप्ट गर्नुपर्नेछ । साथै फलो नगरिएका प्रयोगकर्ताका इन्स्टाग्रामका पोस्टहरु देखिने छैन ।

मेसेजमा लगाम
इन्स्टाग्राम टीम अकाउन्टमा प्राइभेट मेसेजमा चाहिँ पावन्दी लाग्नेछ । यसमा केवल ती मानिसहरुलाई मात्र मेसेज पठाउन सकिनेछ जो पहिलेदेखि नै जोडिएका छन् वा फलो गर्दछन् ।

समयसीमा र स्लीपमोड
इन्स्टाग्राम टीन अकाउन्टमा कुनै पनि प्रयोगकर्ताले यदि एक दिनमा ६० मिनेटभन्दा धेरै समय इन्स्टाग्राम चलायो भने इन्स्टाग्रामले चेतावनी सन्देश अर्थात् अलर्ट पठाउनेछ । यसका साथै इन्स्टाग्राम टीन अकाउन्टमा स्लीप मोड पनि उपलब्ध हुनेछ ।

यो स्लीप मोड रातको १० बजेदेखि बिहान ७ बजेसम्म चालू हुनेछ । त्यसक्रममा नोटिफिकेसनलाई म्युट गरिनेछ । –एजेन्सी


क्याटेगोरी : सूचना प्रविधि, सूचना/प्रविधि

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode