Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी जयगढ गाउँपालिका

अध्यक्ष,उपाध्यक्ष,अधिकृत र लेखा अधिकृतबारे अख्तियारमा फेरि उजुरी


अख्तियारमा बान्नीगढी जयगढ गाउँपालिका सरकार र सरकारका प्रतिनिधि तथा कर्मचारीसँग सम्बन्धित उजुरी पर्ने क्रमले निरन्तरता पाएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष , निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको सेवा सुविधाको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेरि उजुरी परेको छ ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र उपाध्यक्ष बिन्दु रावलले दोहोरो सवारी साधनको प्रयोग गर्ने गरेको, बिना कार्यक्रम भ्रमण भत्ता बुझ्ने गरेको घर भाडा सुविधा र इन्धनको अनियन्त्रित प्रयोग गर्ने बिषयमा छानबिन गरि आवश्यक कारबाहीको माग गर्दै उजुरी परेको हो ।

यस्तै पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावल,प्रशासकीय अधिकृत झनक रेग्मी र लेखा अधिकृत नारद खनालका बिषयमा पनि उजुरी परेको छ ।

उनीहरूले नियम विपरीत घर भाडा सुविधा लिनुका साथै यातायात तथा इन्धन र भ्रमण भत्तामा अनियमित गरेको आरोप छ ।

यीँ विषयको उजुरीबारे अख्तियारले राय प्रतिक्रिया सहित कानुनी आधार खुलाइ पठाउन निर्देशन सहित पालिकालाई पत्राचार गरेको छ ।

यो पनि ..

अख्तियारमा भ्रष्टाचारका उजुरी परेको पर्यै/कागजात मिलाउन कर्मचारीलाई आपत्


क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode