Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बेथिति

अख्तियारमा भ्रष्टाचारका उजुरी परेको पर्यै/कागजात मिलाउन कर्मचारीलाई आपत्


बान्नीगढी जयगढ गाउँपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै अख्तियारमा उजुरी पर्ने क्रम बढेको पाइएको छ ।

गाउँपालिकामा संचालित विभिन्न विकासे योजनादेखि जनप्रतिनिधि र कर्मचारीले अनियमितता तथा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी बढ्ने क्रम बढेको हो ।

उसो त निवर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको कार्यकालमा पनि अख्तियारमा उजुरी पर्ने क्रम पनि कम थिएन ।

सो समयमा उजुरीको अनुसन्धानका लागी सोधपुछ गर्न अध्यक्ष खड्का सहित पालिकाका तत्कालीन हाकिम लगायतका कर्मचारीलाई अख्तियारले कञ्चनपुर कार्यालयमा झिकाएको थियो ।

हाल टेक बहादुर साउद गाउँपालिका अध्यक्षका रुपमा निर्वाचित भएको २ बर्ष नपुग्दै अख्तियारमा उजुरी पर्ने क्रमले निरन्तरता पाएको छ । यो अवधिमा मात्रै बान्नीगढी गाउँपालिकाबाट १ दर्जन हाराहारीमा उजुरी परेको बताइन्छ ।

पछिल्लो केही महिना यता बान्नीगढी गाउँपालिकामा अख्तियारले उजुरीबारे अनुसन्धान गर्न भन्दै विभिन्न कागजात माग गर्न थालेको गाउँपालिका स्रोतले बताएको छ ।

महिना तथा हप्तैपिच्छे अख्तियारले मागेका सूचना तथा बिवरण उपलब्ध गराउनु पर्ने भएपछि पालिकाका कर्मचारीलाई आपत् हुन थालेको गाउँपालिकाका एक कर्मचारीले बताएका छन् ।

उनका अनुसार सुझबुझ ढंगले अख्तियारलाई बिवरण उपलब्ध नगराउँदा फसाद पर्ने भएपछि राती अबेरसम्मै बसेर पनि बिवरण र पत्र तयार पार्नुपर्ने बाध्यता कर्मचारीलाई छ ।

यस अघिका जनप्रतिनिधिले गाउँपालिकाबाट लिएका सामाग्रीहरू फिर्ता नगरेको,पालिकामा इन्धनको दुरुपयोग भईरहेको,सवारी साधन मर्मतमा अनियमितता भएको,दैनिक भ्रमण भत्तामा मनपरी भएको भन्दै अख्तियारमा उजुरी परेका छन् ।

यस्तै आर्थिक मिलेमतोमा सहकारीलाई अनुदान दिएको,सडक सरसफाईका नाममा अनियमितता भएको,पुरानो डोजर मर्मत नगरी आर्थिक लाभ लिने उद्देश्य सहित नयाँ डोजर किनेको स्यानेटरी प्याड खरिदमा अनियमितता भएको बिषयमा पनि अख्तियारमा उजुरी परेको छ ।

गाउँपालिकाका आफू निकटका क्षेत्रमा नियम विपरीत बन तथा मन्दिर संरक्षणका नाममा विनियोजित बजेट दुरुपयोग गरिएको बिषयमा समेत अख्तियारमा उजुरी परेको छ ।

यता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावलले भने अधिकाँस उजुरी प्रतिशोधका आधारमा पर्ने गरेको बताएका छन् ।

उजुरी पश्चात् प्रष्टिकरणका लागि आवश्यक कागजात तयार गर्दा कार्यालयको कामकाज समेत प्रभावित हुने गरेको उनको भनाई छ ।


क्याटेगोरी : पश्चिम खोज, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode