Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीका २ वडामा हाम्रो पहिचान कार्यक्रम लागु : यस्तो छ परियोजनाको उद्देश्य


बान्नीगढी जयगढ गाउँपालिकामा हाम्रो पहिचान नामक कार्यक्रम संचालन हुने भएको छ ।

अन्तर्राष्ट्रिय दातृ निकाय गल्र्स अपर्चुनिटि अलाइन्सको आर्थिक सहयोगमा सम विकास नेपाल मार्फत गाउँपालिकाका २ वटा वडामा परियोजना संचालन हुन लागेको हो ।

वडा नम्बर ३ बर्दादेवी र वडा नम्बर ४ तिमिल्सैनमा परियोजनाले विशेष गरि महिला तथा किशोरी लक्षित र अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने छ ।

आगामी मे महिनासम्म संचालन हुने परियोजनाले महिला किशोरीहरू र अपाङ्गता भएका व्यक्तिहरूलाई स्थापित गर्नुका साथै सशक्तीकरणका क्षेत्रमा काम गर्ने परियोजनाका फिल्ड संयोजक पवन गिरीले बताएकी छन् ।

उनका अनुसार महिला र किशोरीको सशक्तीकरणका लागी विद्यालय तथा टोल स्तरमा स्वास्थ्य,शिक्षा,पोषण, यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा बिभिन्न क्रियाकलाप संचालन गरिने छ ।

यसै बिच परियोजनाबारे सरोकारवालासँग परिचयात्मक तथा जानकारी कार्यक्रम गाउँपालिकामा सम्पन्न भएको छ । सम विकास नेपालका उपाध्यक्ष दूधकला बिष्टको अध्यक्षतामा गाउँपालिका सभा हलमा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए भने उपाध्यक्ष बिन्दु रावल विशिष्ट अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले गाउँपालिका सरकार स्वयमले गर्नुपर्ने गतिविधि संचालनका लागी परियोजना लागु हुन थालेकोमा खुसी व्यक्त गर्दै परियोजनाका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

परियोजनाले महिला किशोरी तथा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका क्षेत्रमा गर्ने क्रियाकलापलाई प्रभावकारी बनाउन गाउँपालिका सरकारले आवश्यक सहयोग गर्ने उनले उल्लेख गरेकी छन् ।

वडा अध्यक्ष,कार्यपालिका सदस्य,राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सम विकास नेपालका संस्थापक अध्यक्ष पशुपति कुँवर र परियोजनाका फिल्ड संयोजक पवन गिरीले गरेकी थिइन् ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode