नाउपामा रस्साकस्सी : रेशमले बोलाएको बैठक रञ्जिताले गरिन् खारेज
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत २३ र २४ गते बोलाइएको बैठक आधिकारिक नभएको बताएकी छन् ।
सोमबार एक सूचना जारी गर्दै महासचिव गंगाराम चौधरीले चैत २३ र २४ गते बस्ने बैठकमा महत्वपूर्ण विषयमा छलफल हुने न्दै पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बोलाएका थिए ।
तर, मंगलबार अध्यक्ष श्रेष्ठले एक सूचना जारी गर्दै बैठक केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई बोलाइएको बैठक आधिकारिक नभएको बताएकी हुन् ।
महासचिव चौधरी पार्टी संरक्षक रेशम चौधरी पक्षका नेता हुन् ।
सरकारमा सहभागी हुन नहुने विषयमा विवाद हुँदा नाउपा विभाजनको मुखमा पुगेको छ ।
रेशम पक्षले बाेलाएका बैठक सूचना-
क्याटेगोरी : राजनीति, राष्ट्रिय
प्रतिक्रिया