Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा भ्रष्टाचार बढ्दै, ६३२ विरुद्ध कञ्चनपुरमा मुद्दा


सुदूरपश्चिममा भ्रष्टाचार बढ्दै गएको छ।

सार्वजनिक पदमा बसेर आर्थिक अनियमितता गर्ने कर्मचारी एवं पदाधिकारीको संख्या दैनिक रुपमा बढ्न थालेको हो ।

संघ, प्रदेश र स्थानीय तहमा बसेर पदीय दुरुपयोग गरी कैफियत गर्ने कर्मचारी र पदाधिकारी विरुद्ध धमाधम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता हुनेक्रम बढेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६ सय ३२ मुद्दा अख्तियारमा दर्ता भइसकेका छन् ।  कर्मचारी र पदाधिकारीले पदको दुरुपयोग गरेर अनुचित लाभ लिन खोजेको भन्दै उनीहरु विरुद्ध अख्तियारमा धमाधम उजुरी दर्ता भइरहेका छन् ।

गत वर्ष पनि यसैगरी उजुरी दर्ता भएका थिए । सार्वजनिक पदधारण गरेका व्यक्तिबाटै अनियमितता हुने गरेपछि सम्वन्धित स्थानीय उनीहरु विरुद्ध कारबाहीको माग गर्दै उजुरी दिन थालेका छन् ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्र एक सय ७३ उजुरी कर्मचारी, जनप्रतिनिधि र विभिन्न संघसंस्थाको नाममा अख्तियारमा दर्ता भएका थिए ।

भदौ महिनामा ८५, असोज महिनामा ८२, कात्तिक महिनामा ४१ र मंसिर महिनामा बढेर ९१ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका छन् ।

हरेक महिना कर्मचारी र पदाधिकारी विरुद्ध उजुरी पर्नेक्रम बढ्दो छ। पौष महिनामा ५१ र माघ महिनामा बढेर उजुरीको संख्या ७१ पुगेको छ।

साथै फागुन महिना सुरु भएको १२ दिनको अवधिमा थप ३९ वटा उजुरी दर्ता भएका छन् । अख्तियारमा यसरी उजुरी दर्ता नभएको कुनै दिन बाँकी छैन् ।


क्याटेगोरी : अपराध, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode