Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बेथिति

मंगलसैनमा बदमासी रोक्न जडित सिसिटिभी क्यामेरा खरिदमै बदमासी

बिल एक पसलको, सामान अर्कै पसलको


जिल्लाको मंगलसैन नगरपालिकामा शान्ति सुरक्षा कायमसँगै अपराध नियन्त्रणका जडान गरिएका सिसिटिभी खरिदमै बदमासी भएको पाइएको छ ।

सदरमुकाम मंगलसैनको बजार क्षेत्र र ठुलासैनमा जडान गरिएका सिसिटिभी खरिदमै बदमासी भएको पाइएको हो ।

नगरपालिकामा जडान गरिएका सिसिटिभी क्यामेरा एक पसलबाट खरिद गरि अर्को पसलको बिल पेश गरि भुक्तानी भएको खुलेको छ ।

नगरपालिकाले दिएको सूचना अनुसार गत आर्थिक वर्षमा ९ लाख ९७ हजार ८ सय बराबरका सिसिटिभी क्यामेरा खरिद गरि मंगलसैन बजार क्षेत्र र ठुलासैन बजार क्षेत्रमा जडान गरिएका छन् ।

जडान गरिएको बर्ष दिन नबित्दै सिसिटिभी क्यामेराले काम गर्न छोडेपछि क्यामेराको गुणस्तरीयता र पारदर्शिताप्रति नगरपालिकाका केही अगुवाले गुनासो गरेका थिए ।

स्थानीयको गुनासोका आधारमा क्यामेराको गुणस्तरीयता र खरिद प्रक्रियाबारे माग गरिएको सूचनाका आधारमा नगरपालिकाले सूचना उपलब्ध गराएसँगै सिसिटिभी क्यामेरा खरिदमा बदमासी भएको खुलेको हो ।

नगरपालिकाले दिएको सूचना अनुसार खरिद गरिएका १० थान सिसिटिभी क्यामेरामध्ये आयुष ट्रेडर्स मंगलसैनबाट ४ लाख ९८ हजार ९ सय ५० र न्यु स्टार अर्डर एण्ड सप्लायर्सबाट ४ लाख ९८ हजार ८ सय ५० बराबरका क्यामेरा र सामाग्री खरिद गरिएका छन् ।

तर न्यु स्टार अर्डर एण्ड सप्लायर्सले आफूले नगरपालिकाको क्यामेरा सम्बन्धी कुनै पनि काम नगरेको बताएको छ ।

स्रोतका अनुसार नगरपालिकाका कर्मचारी र केही व्यापारीको मिलेमतोमा न्यु स्टार अर्डर एण्ड सप्लायर्सको बिल मात्रै पेश गरि क्यामेरा जडानको भुक्तानी दिइएको छ ।

करिब १० लाख लागतमा सिसिटिभी क्यामेरा जडान गरिएको नगरपालिकाले दाबी गर्दै आएको भए पनि कमसल खालका सस्तो मूल्यका सिसिटिभी क्यामेरा खरिद गरि मिलेमतोमा मोटो रकम भुक्तानी गरिएको स्रोतको दाबी छ ।

जडान गरिएका क्यामेराहरू बर्ष दिन नपुग्दै बिग्रिएका छन् । यश मामिलाका जानकारहरूका अनुसार विद्युतीय उपकरण खरिद गर्दा कम्तीमा पनि २ वर्षसम्म मर्मत सम्भारको काम दोस्रो पक्षले गर्नुपर्ने हुन्छ ।

तर सिसिटिभी क्यामेरा सम्बन्धी गुनासो बढेसँगै नगरपालिकाले सिसिटिभी क्यामेरा मर्मतका लागि प्रस्ताव आह्वान गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode