Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

वैद्यनाथ धामको प्रचार मात्र होइन विकासमा पनि ध्यान दिउँ !


वैद्यनाथ धाम अछाममा १४४ बर्ष पछि पहिलो पटक फाल्गुन १० देखि २५ गतेसम्म कोटीहोम महायज्ञ आयोजना हुँदैछ । नेपालका ४ धाम मध्यको एक धाम भनी स्थान दिइँदै आएको वैद्यनाथ क्षेत्र आस्तिक र पर्यटकका लागि प्रमुख रोजाइमा पर्दे आएको छ। यसको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्व अपेक्षा अनुरूप बस्तुगत हिसाबले विकास हुन नसक्दा अझै ओझेलमा छ ।

स्कन्द पुराण मानसखण्डमा बैजनाथको महिमा, लङ्का सम्राट् राणाले ९ औं शिर छेदन पश्चात वैधको रूपमा शिवको दर्शन पाएको स्थान, विसं १४४० मा राजा अभय मल्लले वैध शिवको आराधनाले दुःखकष्ठ रोग व्याधि हरण हुने जिकिर, १७ औँ शताब्दी मा राजाहरूले संग्रहित गरेका दस्ताबेज र वि.सं १८४८ को गोर्खाली विजय पश्चात हतियार विसर्जन गरेका तमाम कारणले यसको धार्मिक एवं ऐतिहासिक महत्त्व व्यापक छ ।

नेपालमा रहेको वैद्यनाथ धाम प्रति भक्तजन, पर्यटक र अध्ययनकर्ता माझ मोह बढ्दै जादा यस क्षेत्रको सम्पूर्ण व्यवस्थापन किन प्रभावकारी हुन सक्दैन ? हामीले दाबी गरे अनुरूप यसको वास्तविकतालाई बल पुग्ने गरि काम थालेका छौ त ? सबै प्रकारका आगन्तुकका लागि दर्शनीय, अध्ययन अनुसन्धान गर्नेका लागि सम्भावनायुक्त र वहाँहरू प्रतिको सत्कारमा चुकेका त छैनौँ ? यी र तमाम यस्तै प्रश्नहरूको खोजी गर्दै जादा ठिक ठाउँमा पुग्न पनि सक्छौँ । त्यसैले वैद्यनाथ आफैमा जवजल्य त छँदैछन हाम्रो प्रयासले सम्पूर्ण गराउनलाई बल पुग्न सक्छ ।

त्यसैले :
१. वैद्यनाथ धामको गुरुयोजनालाई थप पूर्णता दिन अन्तर पालिका समन्वय गरि मुख्य शक्तिपिठहरुलाई ( जिम्राडीधाम, बान्नीगढी, सहस्रलिंग खप्तड, शान्निकोट बज्रयोगिनी, देवीधुम ) जोडने र एवं तरिकाले विकास गर्नुपर्छ ।

२. अन्धाधुन्ध तिव्रत्तर गतिमा भईरहेको विकास, जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपले बुढीगंगा किनार र लुंग्रलीगाडको समीपमै रहेको वैद्यनाथ मन्दिर जोखिममा छ । संरक्षणका लागि हाम्रो प्रयासले मात्र पुग्दैन त्यसैले मन्दिरको स्थानान्तरण एउटा विकल्प हुन सक्छ । नदी खोला नियन्त्रणमा खर्च हुने बजेटले अलौकिक वृहत् धाम निर्माण हुन सक्छ । धार्मिक पर्यटन मार्फत पनि समृद्धि आउन सक्छ ।

३. वैद्यनाथ धामको गुठीको जग्गा लगत खडा गरी हाल अपर्याप्त जस्तै देखिएको ठाउँलाई विस्तार गर्नुपर्ने हुन्छ । वेद विद्याश्रमलाई आयुर्वेद माविमा विकास गर्न मन्दिरकै जमिन पूर्ण प्रयोगमा ल्याउन सक्नु पर्छ र व्यवहारिक शिक्षाले मात्र प्रतिफल प्रदान गर्छ ।

४. वैद्यनाथ धाममा “अछाम संग्राहलय” नामाकरण गरी उपलब्ध ताम्र पत्रहरू अनुवाद समेत गरी राख्ने, लोककथा, लोकगाथा, लोक नाटक, गाउँ खाने कथा , सबै चाडपर्व , लोकगीत (देउडा ) मुख्य पुराना खेल ( game ) आदि किताबको रुपमा र संग्राहलयभित्र टिभीमा अभिनय सहितको प्रसारणको व्यवस्था गर्ने । थप श्रोत सामाग्री सङ्कलनका लागि कार्यक्रम संचालन गर्नुपर्ने हुन्छ। साथै ऐतिहासिक एवं पुरातात्त्विक क्षेत्रको संरक्षण गरौँ ।

५. अछाम खण्डमा उपलब्ध जडीबुटी, रैथाने उत्पादन, खेती प्रणाली, कृषि औजार र सामाग्री विभिन्न परिकारको प्रदर्शनी स्थल तयार गर्ने र मौलिक सबै चीजको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय निकायलाई अनिवार्य जस्तै गर्न सके रैथाने खेती प्रणाली जोगिन सक्छ ।

६. वैद्यनाथ आउने जो कोहिलाई लोभ्याई राख्न मन्दिर परिसर हरियाली र प्राय निर्जन वातावरणको अनुभूति दिलाउने तरिकाले सुसज्जित गर्न आवश्यक छ । जहाँ जो कोही रमाउन सकोस्, ध्यान भङ्ग नहुने गरी सुरक्षित बस्न सकोस् !

७. मन्दिर परिसरको प्रवेश मार्ग फराकिला र चारैतिर हरियाली उद्यानको व्यवस्था गर्न सके सुन्दर देखिनुका साथै मेला चाडपर्वमा भिडभाड कम हुन जाने हुन्छ । सरसफाइ र सफा वातावरण प्रथम शर्त हो, त्यसैले मन्दिर परिसर पूर्ण सफा हुनै पर्छ ।

८. भक्तजन तथा पर्यटकको बसाई लम्ब्याउन कम्तीमा जिमराडी क्षेत्रको पनि सँगसँगै विकास गर्नु पर्ने हुन्छ ।

९. सबै भन्दा महत्त्वपूर्ण कुरा आगन्तुक प्रतिको हाम्रो सत्कारले अर्थ राख्दछ, त्यसैले सुलभ वासस्थान देखि भोजनालय, शौचालय देखि स्नान घरको व्यवस्था हुन सकोस् ! एक पटक आउने पुनः फर्क्रिओस र तमामलाई ल्याउन सकोस् ।

१०. वैद्यनाथ धाम पर्यटन विकास तथा विकास समितिले सबै सरोकारवालासंगको समन्वयमा निर्माण गर्ने वार्षिक कार्यक्रमको सफलताका लागि सहयोग गर्नुपर्ने देखिन्छ ।

११. जिल्लाको विकासका लागि समेत सेती लोक मार्गको यथाशीघ्र निर्माणका लागि सम्बन्धित सबैले नियमित दबाब दिनु पर्ने देखिन्छ ।

कम्तीमा यी केहि विषय सम्बोधन भए वैद्यनाथ धाम प्रतिको हाम्रो प्रचारले हाम्रो आस्थाले सार्थकता पाउन सक्छ । धार्मिक पर्यटन मार्फत आर्थिक समृद्धि भइरहेको छिमेकी देशबाट पनि सिकेकै छौ । अन्तमा १४४ वर्षमा हुने कोटी होमलाई सभ्य, भव्य र फलदायी बनाउँ ।

आम रूपमा शान्ति प्राप्तिका विकल्पमा मनन गरौँ । यस पुनीत अवसरमा हरेक तह र तप्काका देश विदेशमा रहनु भएका अछामी आउने नै छन् यो अवसर पारेर वैद्यनाथको विशिष्टताका लागि समेत वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिले भूमिका निर्वाह गरोस् ।


क्याटेगोरी : विचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode