Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

स्मृतिमा स्वर्गीय वडाध्यक्ष धामी !


जन्म र मृत्यु एउटा निर्मम ऐतिहासिक परीक्षा हो । जन्म तथा मृत्यु प्रकृया संसारका हरेक सजीव प्राणी मा हुन्छ । सबैभन्दा विकसित प्राणी मानवको जन्म र मृत्यु पृथक् हुन्छ ।विशिष्ट परिस्थिति मा जन्म र मृत्यु निकै वजनदार ऐतिहासिक हुन्छ।यस ा उदाहरण हुनुहुन्छ स्वर्गीय वडाध्यक्ष पदम बहादुर धामी ।

एक सशक्त युवा,सामाजिक रूपान्तरणकाे प्रगतिशील योद्धा ,शैक्षिक क्षेत्रको एक उदयमान नक्षत्र,जनताको प्रिय नेता स्वर्गीय वडाध्यक्ष पदम बहादुर धामीको स्मृति दिन,अर्थात विनायक का लागि कालो दिन । नजिककाे एक नातेदार,शुभचिन्तक तथा चेलाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

समयक्रमले म तत्कालिन समयमा अखिल क्रान्तिकाी अाक सि थिए । संयोग नै मान्नपर्छ २०७२ साल पेरिफेरिकाे कुरा हो जाल्पेश्वरी मा वि नादिमा उहासंग पहिलाे भेट भयो उहाँ त्यो विद्यालयको प्रअ हुनुहुदाे रहेछ । हक्की,निडर,विचारप्रति प्रतिबद्ध,गलत प्रवृत्तिकाे खुलेर विरोध गर्ने पहिलो भेटको उहाकाे प्रस्तुति मलाई निकै गजब लाग्यो । आदर्श ,राजनीति भन्दा पनि व्यवहारिक कुरामा उहाँले बढी जाेड दिनु भयाे । उहाँ २०६९-०७३ सम्म उक्त विद्यालयकाे परअ ब्न भो ।

कर्मठ शैक्षिक सिपाहीकाे निस्वार्थ योगदानले साँच्चिकै जाल्पेश्वरी मावि ले शैक्षिक तथा खेलकुद क्षेत्रमा अतुलनीय छलाङ मार्याे ।विद्यालय वाट मात्र सेवा क्षेत्र पुगेन अब राजनीतिक क्षेत्रमा प्रवेश गरेर थप विकास र सम्वृद्धि गर्ने हुटहुटी उहाँमा पलायो र फलस्वरूप २०७४ सालको पहिलो स्थानीय निर्वाचन मा उम्मेदवार बन्नु भयो ।साधारण जीवनशैली,स्पष्ट विचार र दृष्टिकोण भएका जिम्ेवार उ्मेवाराे रुपमा उहाँ खडा हुनुभयो । मेहेनती,जुझारु,कर्तव्य बोधकाे सतिसाल प्रतिविम्बित उहाँमा थियो ।

जसका कारण २०७४ सालको प्रथम स्थानीय निर्वाचन मा अत्यधिक मतले उहाँ विजयी बन्नु भयो ।वडाध्यक्ष भैसकेपछि निकै कुशल ,शालीन,उच्च कार्य दक्षताकाे कार्यसम्पादन सुरु गर्नु भो ।उहाँले पञ्चदेवल विनायक नगरपालिकाकाे वडा नं २ लाई पालिका कै प्रथम निःशुल्क शिक्षा वडा घोषणा गर्नु भयो । चुनतीका असङ्ख्य पर्ाललई स्भावनाका स्वर्णिम अवसरमा ढाल्दै जनताको सेवक बनिरहनु भयो । इतिहासमा निःशुल्क शिक्षा वडा घोषणा सबैभन्दा उच्च र स्मरणीय कदम सावित गराइदिनु भो ।

एउटा पनि मावि विद्यालय नभएको प.वि.न.पा. २ मा मावि स्थापनाकाे बलियो जग बसाल्नु भएको थियो । मावि निर्माणको प्रक्रियाको थालनी उहाँकै पालामा भैसकेकाे थियो । हाल सरस्वती मा वि सञ्चालनमा छ । बालमैत्री स्थानीय शासन लागू गर्ने चरणमा उहँ अग्सर भइसक्नु भको थियो । पूर्ण साक्षर वडा घोषणाका लागि उहाँले काम ,कार्वाहि र गतिविधि करिब अन्तिम चरणमा पुर्याईसक्नु भएको थियो ।

विडम्बना,२०७६ साल माघ २० गते राति घर जान्छु भनेर हिँडेका उहाँ गरिगाऊ स्थित छानोको गोठमा मृत अवस्थामा भेटिनु भयो । हत्या गर्ने मानवीय दानव लाई जनावर र अपराधी भन्दा अर्को संज्ञा दिन सकिँदैन । एउटा मृदुभाषी,शालीन ,हक्की ,साधारण जीवनशैली ,उच्च नैति राजनीतिक रित्रा स्वरगीय वडाध्यक्षको निधनले प.वि.न.पा. २ मात्र होइन सिङ्गो नगर,शैक्षिक क्षेत्र राजनीतिक क्षेत्र सवैतिर अपूरणीय क्षति पुगेको छ ।

उहाकाे भौतिक शरीर हामी माझ छैन ,यद्यपि उहाकाे विचार र दृ्ष्टिकाेणलाइ मजवुत ढंगले अंङ्गिकार गरे मात्रै उहा प्रतिकाे असली श्रद्धा हुनेछ । तपाईँको विचार ,दृष्टिकोण ,ले सत मार्गमा हिड्न हामी सबैलाई अभिप्रेरित गरिरहनेछ ।

हार्दिक श्रद्धाञ्जली कुशल अभिभवक स्वरगीय वडाध्यक्ष पमबहादुर धामी ज्यू प्रति —–


क्याटेगोरी : विचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode