Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा एक वृद्धले ७२ वर्षमा नागरिकता पाए


अछाममा एक वृद्धले ७२ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका छन् ।

जिल्लाको मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउदले आज बुधवार जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका हुन्। साउदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका हुन् ।

रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउदले हालसम्म नागरिकता लिएका थिएनन् । बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएपछि खुसी लागेको साउदले बताए ।

लामो समयदेखि नागरिकता नबनाएको कारण उनका छोराछोरीले समेत नेपाली नागरिकता पाएका छैनन्। उनले भने, “ढिलै भएपनि नागरिकता पाएको छु, अब छोराछोरीले पनि नेपाली नागरिक बन्न पाउने भए ।”

अछाम जिल्लाका धेरैजसो नागरिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । आवश्यक कागजातसमेत नबोकी वृद्ध अवस्थामा नागरिकता बनाउन आउनेको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पोखरेले बताए  ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode