बझाङका एक शिक्षक मदिराले लट्ठ

शिक्षकको आन्दोलनमा सहभागी हुन काठमाडौँ पुगेका एक शिक्षक मदिराले लट्ठ परेको अवस्थामा फेला परेका छन् ।
बझाङको केदारस्युँ गाँउपालिका–४ रत्न माध्यमिक विद्यालयमा मावि तहका राहतमा कार्यरत शिक्षक इन्द्रबहादुर मल्लको भिडिओ अहिले साम सञ्चालमा भाइरल भएको छ ।
शिक्षकको आन्दोलनमा सहभागी हुन बझाङबाट काठमाडौं पुगेका मल्ल गोंगबुमा मदिराले लट्ठ अवस्थामा भेटिएपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका हुन् ।
भाइरल भिडियोमा मल्ल शिक्षक पोशाक र परिचयपत्रसहित मदिराले लट्ठिएको देखिएका छन् । एक स्थानीयले उनको घाँडीमा झुण्ड्याएको आइडी कार्ड हेरेपछि उनी बझाङको भएको खुल्न गएको हो।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया