Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सु.प.बसको टिकटमा ठगिएपछि ग्यालरीमा यात्रा गर्दा घाईते वृद्ध आइसियुमा भर्ना


सुदूरपश्चिम यातायातको बसमा ठगिएका एक यात्रु आइसियुमा भर्ना भएका छन् ।

अछामको मंगलसैनबाट अत्तरिया गएका एक वृद्ध धनगढीस्थित माया मेट्रो अस्पतालको आइसियुमा भर्ना भएका हुन् ।

टिकट लिएर पनि सिट नपाएपछि ग्यालरीमा बसेर यात्रा गर्दा घाइते भएका मंगलसैन नगरपालिका वडा नम्बर १ मिस्तुरुका ७० बर्षे डवले कामी सिकिस्त भएपछि आइसियुमा भर्ना भएका हुन् ।

बुधवार मंगलसैन देखी धनगढीका लागी गएको सुदूरपश्चिम यातायातको सु.प .२३९५ नम्बरको बसमा उनलाई बस काउन्टरले गाडीमा हुँदै नभएको सिट नम्बर बि १३,१४,१५ र के १ नम्बरको सिट दिएपछि उनी गाडीको ग्यालरीमा यात्रा गर्ने क्रममा घाइते भएका थिए ।

घाइतेका ज्वाँई जहरी जनालाले ससुरा डवले कामी,सासू आमा सहित वृद्ध दिदी सहित र आफ्नो गरी ४ जनाको टिकट किन्दा उनलाई बस काउन्टरले हुँदै नभएको सिट दिएपछि उनीहरू ग्यालरीमा यात्रा गर्न बाध्य भएका थिए ।

उनीहरूलाई टिकटमा ठगी गरेका विषयमा गाडीमा सवार बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नवराज साउदले कुरा गर्दा गाडीका स्टाफले यसका बस काउन्टरको गल्ती भएको भन्दै विवाद गरेको वडा अध्यक्ष साउदको भनाई छ ।

यात्राका क्रममा घाइते भएका ७० वर्षीय वृद्ध डवले कामिलाई अत्तरियास्थित एक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि माया मेट्रो अस्पतालमा रिफर गरिएको बताइएको छ ।

घाइते भएका वृद्धको अवस्था गम्भीर रहेको उनका आफन्त टेकेन्द्र जैगडीले जानकारी दिएका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चालित बस तथा जिप व्यवसायीको मन परिका कारण सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

बस तथा जिप व्यवसायीले चर्को भाडा असुल्नुका साथै क्षमता भन्दा बढी यात्रु ओसार पसार गर्दा सवारी दुर्घटनाका घटना हुँदै आए पनि यस विषयमा नियामक निकाय मूकदर्शक बन्ने गरेका छन् ।

यो पनि पढ्नुहोस् :-

अछाममा बस व्यवसायीको मनपरी : हुँदै नभएको सिट बेचेर यात्रीलाई सास्ती


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode