Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

सु.प.बसको टिकटमा ठगिएपछि ग्यालरीमा यात्रा गर्दा घाईते वृद्ध आइसियुमा भर्ना


सु.प.बसको टिकटमा ठगिएपछि ग्यालरीमा यात्रा गर्दा घाईते वृद्ध आइसियुमा भर्ना

सुदूरपश्चिम यातायातको बसमा ठगिएका एक यात्रु आइसियुमा भर्ना भएका छन् ।

अछामको मंगलसैनबाट अत्तरिया गएका एक वृद्ध धनगढीस्थित माया मेट्रो अस्पतालको आइसियुमा भर्ना भएका हुन् ।

टिकट लिएर पनि सिट नपाएपछि ग्यालरीमा बसेर यात्रा गर्दा ाइते भएका मंगलसैन नगरपालिका वडा नम्बर १ मिस्तुरुका ७० बर्षे डवले कामी सिकिस्त भएपछि आइसियुमा भर्ना भएका हुन् ।

बुधवार मंगलसैन देखी धनगढीका लागी गएको सुदूरपश्चिम यातायातको सु.प .२३९५ नम्बरको बसमा उनलाई बस काउन्टरले गाडीमा हुँदै नभएको सिट नम्बर बि १३,१४,१५ र के १ नम्बरको सिट दिएपछि उनी गाडीको ग्यालरीमा यात्रा गर्ने क्रममा घाइते भएका थिए ।

घाइतेका ज्वाँई जहरी जनालाले ससुरा डवले कामी,ासू आमा सहित वृद्ध दिदी सहित र आफ्नो गरी ४ जनाको टिकट किन्दा उनलाई बस काउन्टरले हुँदै नभएको सिट दिएपछि उनीहरू ग्यालरीमा यात्रा गर्न बाध्य भएका थिए ।

उनीहरूलाई टिकटमा ठगी गरेका विषयमा गाडीमा सवार बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नवराज साउदले कुरा गर्दा गाडीका स्टाफले यसका बस काउन्टरको गल्ती भएको भन्दै विवाद गरेको वडा अध्यक्ष साउदको भनाई छ ।

यात्राका क्रममा घाइत भएका ७० वर्षीय वृद्ध डवले कामिलाई अत्तरियास्थित एक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि माया मेट्रो अस्पतालमा रिफर गरिएको बताइएको छ ।

घाइते भएका वृद्धको अवस्था गम्भीर रहेको उनका आफन्त टेकेन्द्र जैगडीले जानकारी दिएका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चालित बस तथा जिप व्यवसायीको मन परिका कारण सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

बस तथा जिप व्यवसायीले चर्को भाडा असुला साथै क्षमता भन्दा बढी यात्रु ओसार पसार गर्दा सवारी दुर्घटनाका घटना हुँदै आए पनि यस विषयमा नियामक निकाय मूकदर्शक बन्ने गरेका छन् ।

यो पनि पढ्नुहोस् :-

अछाममा बस व्यवसायीको मनपरी : हुँदै नभएको सिट बेचेर यात्रीलाई सास्ती


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode