Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा बस व्यवसायीको मनपरी : हुँदै नभएको सिट बेचेर यात्रीलाई सास्ती


अछाममा बस व्यवसायीहरूको मनपरीका कारण यात्रुले सास्ती पाइरहेका छन् ।

अछाममा भित्रिने तथा जिल्लाबाट बाहिरिने बस व्यवसायीको मनपरीका कारण यात्रुहरू सास्ती पाइरहेका हुन् । बस व्यवसायीहरुले जिल्लामा सिट संख्या भन्दा बढी यात्रु राख्ने देखी यात्रुहरूबाट मनपरी भाडा असुल्ने गरेका छन् ।

यसै बिच बुधवार मात्रै अछामको सदरमुकाम मंगलसैनदेखी धनगढी गइरहेको सु.प.२३९५ नम्बरको बसले गाडीमा हुँदै नभएको सिट बेचेर यात्रुलाई ठगी गरेको खुलेको छ ।

गाडीमा साइड ए मा १० र साइड बि १२ सिट मात्र रहे पनि बस काउन्टरले बि १३,१४,१५ सहित के १ गरि ४ वटा सिट बिक्री गरेको हो ।

मंगलसैन नगरपालिका वडा नम्बर ७ जनालीकोट घर भई हाल वडा नम्बर १ कुन्ती जैधनमा बस्दै आएका जहरी जनालालाई बस काउन्टर मंगलसैनले गाडीमा हुँदै नभएको सिट बिक्री गरेको छ ।

आफ्ना वृद्ध सासू ससुरा र दिदिलाई लिएर कैलालीको सुखड जाँदै गरेका जनालाले काउन्टरको विश्वास गरेर टिकट खरिद गरे पनि गाडीमा सिट नपाएपछि यात्राका क्रममा उनीहरूले सास्ती पाएका छन् ।

पुरै भाडा तिरेर टिकट लिएका उनीहरूलाई बसका स्टाफले ग्यालरीमा बसाएर यात्रा गराएका थिए ।

ग्यालरीमा यात्रा गर्दा बृद्धबृद्धालाई असहज भए पश्चात् बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष नवराज साउँदले पुरा पैसा तिरेर टिकट लिएका उनीहरूलाई सिट दिनुपर्ने बताएपछि गाडीमा विवाद समेत भएको बताएका छन् ।

गाडी स्टाफले बृद्धबृद्धाले टिकट लिएर पनि सिट नपाएको गुनासो गर्दा आफ्नो कुनै कमजोरी नभई यसमा बस काउन्टरको गल्ती देखाएको वडा अध्यक्ष साउदले बताएका छन् ।

४ जना मध्य १ जनालाई क्याबिनमा र १ जनालाई आफ्नो सिटमा बसाएर यात्रा गराएको जानकारी दिँदै वडा अध्यक्ष साउँदले ग्यालरीमा यात्रा गर्न बाध्य भएका १ जना वृद्ध भने बान्ता हुनुका साथै ग्यालरीका सिटमा ठोक्किएर घाइते भई अस्पताल भर्ना भएको जानकारी दिएका छन् ।

बस व्यवसायीको मनपरीका कारण ग्यालरीमा यात्रा गर्दा घाइते भएका बिरामीलाई कुर्न १ जना अस्पताल गए पछि २ जना वृद्धा बसपार्कमा अहिले सामान कुरेर बसेका छन् ।

सुदूरपश्चिमका पहाडी सडकहरूमा बस तथा जिप व्यवसायीको मनपरीका कारण यात्रुहरूले सास्ती पाइरहेका भए पनि प्रहरी प्रशासन मूकदर्शक बन्दै आएको छ ।



क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode