Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

गाउँपालिका अध्यक्ष कपको उपाधि उचालेको भलिबल टिमलाई बान्नीगढीमा स्वागत सहित सम्मान

खेलाडीको पक्षमा आवश्यक काम गर्ने गाउँपालिका अध्यक्ष साउँदको प्रतिबद्धता


मेल्लेख गाउँपालिकामा सम्पन्न भएको गाउँपालिका अध्यक्ष भलिबल कपको उपाधि जितेको भलिबल टिमलाई बान्नीगढी जयगढ गाउँपालिकामा स्वागत गरिएको छ ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा एक कार्यक्रमका बिच भलिबल टिमका खेलाडीहरूलाई स्वागत सहित सम्मान गरिएको हो । कार्यक्रममा गाउँपालिकाको भलिबल टिमका टिम क्याप्टेन वसन्त कुमार साउँदले प्रतियोगीताको उपाधिको ट्रफि गाउँपालिकालाई हस्तान्तरण गरेका छन् ।

खेलाडीहरूलाई स्वागत सहित सम्मान गर्दै गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले खेलाडीको हकहित र खेलकुद क्षेत्रको विकासका लागी आवश्यक योजना अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

बान्नीगढी गाउँपालिकाको टिम मेल्लेखमा सम्पन्न गाउँपालिका अध्यक्ष कपको उपाधि उचाल्न सफल भएकोमा खुसी व्यक्त गर्दै उनले यो उपलब्धिले गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् ।

खेलकुद क्षेत्रको विकाससँगै खेलाडीको हक हितका लागी आवश्यक काम गर्न गाउँपालिका सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष साउँदलाई खेलाडीहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा भलिबल टिमका खेलाडी तथा प्रशिक्षकलाई खादा र अविरले स्वागत सहित सम्मान गरिएको थियो ।

यसैबिच बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले गाउँपालिका अध्यक्ष भलिबल कपको उपाधि विजेता भलिबल टिमका खेलाडीहरूलाई आफ्नो एक महिनाको सेवा सुविधा दिने घोषणा गरेकी छन् ।

प्रतियोगितामा प्रथम स्थान हाँसील गर्न सफल गाउँपालिकाको भलिबल टिमका खेलाडीहरूलाई आफ्नो एक महिनाको सेवा सुविधा बाफतको रकम उपलब्ध गराउने उपाध्यक्ष रावलले घोषणा गरेकी हुन् ।

मेल्लेख गाउँपालिकाको आयोजनामा ऋषिदहमा सम्पन्न प्रतियोगीताको ट्रफि उचाल्न सफल टिमका खेलाडीहरूलाई स्वागत तथा सम्मान गर्दै उनले मासिक सेवा सुविधा बापत हुन आउने रु ३० हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।

खेलाडीहरूको हौसला र सम्मानका लागी सानो सहयोग स्वरूप उक्त रकम सहयोग गर्ने घोषणा गरेको उनको भनाई छ । खेलकुद क्षेत्रको विकासले गाउँ ठाउँको पहिचानसँगै विकासमा समेत टेवा पुग्ने बताउँदै उपाध्यक्ष रावलले खेलाडीहरूको पक्षमा आगामी दिनमा आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

शुक्रवारदेखी मेल्लेख गाउँपालिकाको ऋषिदहमा संचालन भएको पालिका स्तरीय गाउँपालिका अध्यक्ष खुला पुरुष भलिबल प्रतियोगितामा बान्नीगढी जयगढ गाउँपालिकाले सोमवार उपाधि हात पारेको थियो ।

उपाधि हात पारेसँगै गाउँपालिकाको भलिबल टिमले २ लाख ५१ हजार १ सय ११ नगद सहित मेल ट्रफि र प्रमाण पत्र हात पारेको छ ।

गाउँपालिका उपाध्यक्ष रावलले एक महिनाको सेवा सुविधाको रकम खेलाडीलाई दिने (भिडिओ सहित)


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode