खेलकुद
गाउँपालिका उपाध्यक्ष रावलले एक महिनाको सेवा सुविधाको रकम खेलाडीलाई दिने (भिडिओ सहित)

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले गाउँपालिका अध्यक्ष भलिबल कपको उपाधि विजेता भलिबल टिमका खेलाडीहरूलाई आफ्नो एक महिनाको सेवा सुविधा बाफतको रकम दिने घोषणा गरेकी छन् ।
मेल्लेख गाउँपालिकामा सम्पन्न पालिका स्तरीय लिबल प्रतियोगितामा प्रथम स्थान हाँसील गर्न सफल गाउँपालिकाको भलिबल टिमका खेलाडीहरूलाई आफ्नो एक महिनाको सेवा सुविधा बाफतको रकम उपलब्ध गराउने उपाध्यक्ष रावलले घोषणा गरेकी हुन् ।
मेल्लेख गाउँपालिकाको आयोजनामा ऋषिदहमा सम्पन्न प्रतियोगीताको ट्रफि उचाल्न सफल टिमका खेलाडीहरूलाई स्वागत तथा सम्मान गर्दै उनले मासिक सेवा सुविधा बापत हुन आउने रु ३० हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन ।
खेलाडीहरूको हौसला र सम्मानका लागी सानो सहयोग स्वरूप उक्त रकम सहयोग गर्ने घोषणा गरेको उनको भनाई छ ।
खेलकुद क्षेत्रको विकासले गाउँ ठाउँको पहिचानसँगै विकासमा समेत टेवा पुग्ने बताउँदै उपाध्यक्ष रावलले खेलाडीहरूको पक्षमा आगामी दिनमा आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : खेलकुद, राजनीति, सुदूरपश्चिम
प्रतिक्रिया