Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीका गर्भवतीलाई गाउँपालिका उपाध्यक्ष रावलको पोषण कोशेली


बान्नीगढी जयगढ गाउँपालिकामा गर्भवती महिलालाई गाउँपालिका उपाध्यक्ष कोशेली कार्यक्रम अन्तर्गत पोषण,खाद्य तथा सरसफाई सामाग्री बितरण गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ र वडा नम्बर ६ दर्नाका गर्भवती महिलाहरूलाई पोषण खाद्य तथा स्वास्थ्य सरसफाइ सामाग्री बितरण गरिएको हो ।

गाउँपालिकाको आर्थिक बर्ष २०७९।८० को वार्षिक कार्यक्रम अन्तर्गत स्वास्थ्य शाखा र बहु क्षेत्रीय पोषण कार्यक्रमको सहकार्यमा वडा नम्बर ६ दर्नाका ५२ जना र वडा नम्बर ५ कालिकाका ३२ जना गर्भवती महिलालाई पोषण लगायतका सामाग्री बितरण गरिएका हुन् ।

कोसेली कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरूलाई साबुन,म्याक्सी,भोटो,सुरुवाल,स्यानेटरी प्याड,स्याउ,खाने तेल,अण्डा, नेल कटर,कोल्गेड ब्रस, आयोडिन नुन बितरण गरिएको स्वास्थ्य संयोजक वसन्त बहादुर रावलले बताएका छन् ।

पोषण बितरण गर्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले गर्भवती महिलालाई पौष्टिक आहारका साथै शिशुलाई पोषणको कमी हुन नदिन पौष्टिक आहार बितरण गरिएको बताएकी थिइन् ।

गर्भावस्थामा महिलाहरूलाई खानपानका साथै आरामको समेत जरुरत पर्ने भएकाले आरामका साथै आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत उनले आग्रह गरेकी छन् ।

अहिले पनि उमेर नपुग्दै बिहे गर्ने र सन्तान जन्माउने कारणले किशोरीहरू समस्यामा पर्ने गरेकोप्रति उपाध्यक्ष रावलले चिन्ता समेत व्यक्त गरेकी छन् ।

गर्भवती महिला र शिशुलाई पोषणको कमी हुन नदिन गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गरिएको बताउँदै उनले गर्भवती महिला र शिशुलाई स्वस्थ राख्न घर परिवार बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन् ।

वडा नम्बर ६ दर्नामा कार्यपालिका सदस्य पद्मा साउँदको अध्यक्षतामा र वडा नम्बर ५ कालिकामा वडा अध्यक्ष टंक बहादुर साउँदको अध्यक्षतामा भएको कोसेली बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल प्रमुख अतिथि रहेकी थिइन ।

कार्यक्रममा कार्यपालिका सदस्य तथा प्रवक्ता मोहनलाल ताम्राकार,स्वास्थ्य शाखा प्रमुख वसन्त रावल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नारायण रिमाल र भुवन सिंह साउँदले गरेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode