Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कमलबजार बहुमुखी क्याम्पसमा अनेरास्ववियुका चलाउने बिजयी


कमलबजार बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सुरेन्द्र चलाउने बिजयी भएका छन् ।

आईतबार भएको निर्वाचनमा नेबिसंघका मनिसा विष्टलाई पराजित गर्दै चलाउने स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।

यस्तै सचिबमा अनेरास्ववियुकै निर्मला चलाउने र कोषध्यक्षमा पनि अनेरास्ववियुकै धनसरा धामाला निर्वाचित भएका छन् ।
दुईवटा सदस्य बाहेक सबै पदमा अनेरास्ववियुले जित हात पारेको छ ।

सदस्यहरुमा अनेरास्वबियुका कल्पना तिमील्सैना , शुरेश बिष्ट र बिनिता बजगाँई निर्वाचित भएका छन् । निर्वाचनमा नेविसंघका लक्ष्मी रावत र अखिल क्रान्तिकारीका तपेन्द्र भण्डारी सदस्यमा निर्वाचित भएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode