Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढी गाउँपालिकाको आवधिक योजना निर्माण गरिँदै : किन छ आवश्यक ? (अडियो सहित)

आवधिक योजनाले लक्ष हासिँल गर्न सहज हुने अध्यक्ष साउँदको बिश्वास्


बान्नीगढी जयगढ गाउँपालिकाको आवधिक विकास योजना निर्माणका विषयमा छलफल गरिएको छ । गाउँपालिकाको ५ बर्षे विकास योजनाका लागी आवधिक विकास योजना निर्माण गर्न सरोकारवालाबिच छलफल गरिएको हो ।

गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकाको ५ बर्षे आवधिक योजनामा समेट्नु पर्ने विभिन्न विषयवस्तु र आवधिक योजना निर्माणका लागी अपनाउनुपर्ने रणनीतिबारे छलफल गरिएको थियो ।

बान्नीगढी जयगढ गाउँपालिकाको यस आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार हाइड्रोकन नेपालले गाउँपालिकाको आवधिक विकास योजना निर्माण गर्ने जिम्मा लिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका भित्रको आर्थिक,सामाजिक,राजनीतिक,पूर्वाधार लगायतको अवस्था,आवश्यकता,सम्भावना र चुनौतीबारे जानकारी लिई आवश्यक नीति तथा कार्यक्रम संचालन गर्न आवधिक विकास योजना निर्माण गर्न लागिएको हो ।

गाउँपालिकामा अबको ५ वर्ष भित्र कुन वर्षमा के कस्ता काम गर्ने,कस्तो नीति लिने भन्ने विषयमा आवश्यक रणनीति आवधिक विकास योजना मार्फत निर्माण गरिने छ ।

पालिका भित्रका आधारभूत आवश्यकता,समस्या र समाधानका उपायको निक्र्यौल गरी पञ्चवर्षीय योजना तथा रणनीतिका साथ आवश्यक कार्यक्रम संचालन गर्न आवधिक योजनाले महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले विश्वास व्यक्त गरेका छन् ।

बाईट : टेक बहादुर साउँद

आवधिक विकास योजना निर्माणको जिम्मा लिएको हाइड्रोकन नेपालका प्रतिनिधि कमल कटवालका अनुसार अबको ३ महिना भित्र आवधिक विकास योजना निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिने छ ।

आवधिक विकास योजना निर्माणका लागी पालिकाका सबै वडाहरूमा छलफल तथा सुझाव सङ्कलन गरी विभिन्न चरणमा पालिकामा समेत सरोकारवालाहरुसंग छलफल गरिने उनको भनाई रहेको छ ।

कुराकानी : कमल कट्वाल


क्याटेगोरी : पश्चिम खोज, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode