Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

गाउँपालिका उपाध्यक्ष रावलले गरिन् मृगौला पीडित गंगालाई आर्थिक सहयोग


बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले मृगौला पीडित गंगा रावललाई आर्थिक सहयोग गरेकी छन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका निवासी मृगौला पीडित ४५ बर्षिय गंगा रावललाई उपाध्यक्ष रावलले आर्थिक सहयोग गरेकी हुन् ।

छोरा बिराज रावलको जन्मदिनको अवसरमा मृगौला पीडित रावलको उपचारका लागी सहयोग पुगोस् भनेर ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको उपाध्यक्ष रावलले बताएकी छन् ।

मृगौला पीडित ४५ वर्षीय गंगा रावलको दुवै मृगौलाले काम गर्न छाडेपछि हाल भारतको मुम्बईमा डायलिसिस भइरहेको छ । उनको उपचाकार लागी आर्थिक अभाव भएपछि परिवारजनले आर्थिक सहयोगका लागी अपिल गर्दै आएका छन् ।

मृगौला पीडित रावललाई उपचारमा आर्थिक अभाव : आर्थिक सहयोगका लागी अपिल


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode