मृगौला पीडित रावललाई उपचारमा आर्थिक अभाव : आर्थिक सहयोगका लागी अपिल

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका निवासी मृगौला पीडित गंगा रावलको उपचारका लागी आर्थिक अभाव भएको छ ।
४५ वर्षीय रावलको उपचारका लागी आर्थिक अभाव भएसँगै परिवारले आर्थिक सहयोगका लागी अपिल गरेको छन् । दुवै मृगौलामा समस्या दखपछि हाल रावलको भारत मुम्बै स्थित के एम KM अस्पतालमा उपचार भइरहेको छ ।
उनको दुवै मृगौलाले काम गर्न छोडेपछि हाल परिवारले मृगौलाको डायलासीस गराइरहेका छन् । डायलासीस लगायत उपचारका लागी हालसम्म करिब ८ लाख रुपैयाँ खर्च भइसकेको उनका श्रीमान प्रेम रावलले बताएका छन् ।
मृगौला फेर्नका लागी चिकित्सकले सुझाव दिएको भए पनि आर्थिक अभावका कारण उनको डायलासीस गराउन समेत समस्या भइरहेको उनले उल्लख गरेका छन् । उनका अनुसार मृगौला पीडित गंगाको उपचारका लागी करिब २५ लाख रकम आवश्यक रहेको छ ।
प्रवासमा रहेका आफन्त तथा नातागोताको आर्थिक सहयोगमा हालसम्म मृगौलाको डायलासीस गराइरहेको भए पनि अव थप उपचारका लागी आर्थिक अभाव रहेकाले मानवताका नाताले सक्दो आर्थिक सहयोग गरी धर्मपत्नी गंगाको प्राण रक्षाका लागी पति प्रेम रावलले सवैमा अपिल गरेका छन् ।
आर्थिक अभावका कारण उपचारमा समस्या झेल्द आएकी मृगौला पीडित ४५ बर्षीय गंगाको उपचारका लागी आर्थिक सहयोग जुटाउन आफन्तद्वारा गंगा रावल बचाउ अभियान मार्फत आर्थिक सङ्कलन सुरु गरिएको छ ।
गंगाको प्राण रक्षाका लागी आर्थिक सहयोग गर्न चाहने महानुभावहरूले नेपाल तथा भारतका उल्लेखित बैँक खाताहरूमा रकम जम्मा गर्न सक्ने छन् ।
नेपालका लागी
महालक्ष्मी विकास बैँक
खातावालाको नाम प्रेम बहादुर रावल (prem bahadur rawal)
खाता नम्बर 00900600405094000001
सम्पर्क न:
भगवती राव 9864931570
प्रगति रावल 9848460823
धिरेन्द्र रावल 9848658565
भारतका लागी सम्पर्क :-
प्रेम बहादुर रावल
सम्पर्क न:- 8866445937

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया