Techie IT
  • २३ मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

नेकपा एमालेको मिसन ग्रासरूट अभियान अछाममा तीव्र पारिँदै


नेकपा एमालेको मिसन ग्रासरूट अभियान अछाममा तीव्र पारिँदै

नेकपा एमालेको मिसन ग्रासरूट अभियानलाई थप प्रभावकारी बनाउन एमाले अछामले एक दिनको जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीमा सम्बद्ध जिल्ला कमिटी, जनसङ्गठन, पेसागत सङ्गठन र पालिकाका स्तरका प्रमुख उपप्रमुखलगायत अभिमुखीकरण गरिएको हो ।

प्रशिक्षणका क्रममा देशको राजनीतिमा एमालेको भूमिका र अवस्था, नीति, सिद्धान्त र पार्टीले आगामी दिन लिने रणनीतिका बारेमा प्रशिक्षण गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सह इन्चार्ज शिवराज ढुङ्गानाले दिए ।

कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रीय स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दशौ राष्ट्रिय महाधिवेशनको कार्यदिशा र समसामयक रजीति विषयमा प्रशिक्षण दिएका छन् । स्थायी कमिटी सदस्य थापाले सबै नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पूर्ण रूपमा पालना गरेर पार्टीका कामलाई मजबुत बनाउन उनले निर्देशन समेत दिएका छन् ।

थापाले एमाले मात्रै जनताको पार्टी भएकोले नेता कार्यकर्ताले खटेर जनतासँगै रहनुपर्ने भनाइ राखेका थिए । थापाले नेपालको राजनीति अवस्था, एमाले माथि भएका देशी विदेशीको आक्रमण, पार्टीले देश र नागरिकप्ति लिएको नीति र अडानका बारेमा व्याख्या गरेका थिए ।

पार्टीका पोलिटब्युरो सदस्य गौरी ओलीले पार्टी निर्माण सम्बन्धि दृष्टिकोण र पार्टी सदस्यको कार्यशैली बारेमा प्रशिक्षण दिएकी थिइन् । उनले एमाले नेता कार्यकर्ताको भूमिका, जिम्मेवारीका बारेमा व्यावहारिक पक्षमा जोड दिइन् ।

केन्द्रीय सदस्य दयाल बहादुर शाहीले न् राजनीति दलहरूसँग एमालेको राजनीतिक र वैचारिक भिन्नता, केन्द्रीय सदस्य आशा विकले समाजवादको आधार निर्माणमा सुखी र समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा,यज्ञबहादुर बोगटीले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता बिरुद्धको सङ्घर्ष विषयमा प्रशिक्षण दिएका थिए ।

यस्तै मिसन ग्रासरूटको प्रदेशको योजना र अछामसँगको अन्तरसम्बन्धका बारेमा प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सना र मिसन ग्रासरूटको औचित्यता र आवश्यकताका बारेमा प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैसीको प्रस्तुति रहेको थियो ।

प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी, स्थानीय तहका प्रमुख उपप्रमुख, जनसङ्गठन केन्द्रीय सदस्य र पेसागत सङ्गठनका जिल्ला अध्यक्षको सहभागिता रहेको थियो । नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले मिसन ग्रासरूटको जिल्लाभरिको कार्य योजना र एमाले अछामको साङ्गठनिक अवस्थाका बरेमा ानकारी गराएका थिए ।

नेकपा नेकपाले अछामका १० स्थानीय तह विभाजन गरेर तीन केन्द्रीय सदस्य खटाएको छ । केन्द्रीय सदस्य गौरी ओली, दयाल बहादुर शाही र आशा विक र विभिन्न पालिकाहरूमा प्रदेश कमिटीका सदस्य पनि खटाइएको छ । यस्तै एमाले अछामले पनि जिल्ला कमिटीका सदस्यहरूलाई ९१ वटै वडामा पुग्ने गरेर खटाएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले जानकारी दिएका छन् ।

पालिका र वडामा खटाइा प्रतिनिधहरूले दुई महिना एमालेको सङ्गठन सुदृढीकरण, निर्माण र व्यवस्थित बनाउने छन् । साथै सरकार र पार्टीप्रति जनताका अपेक्षा सङ्कलन गरिनेछ ।

एमाले अछामका अध्यक्ष चन्द्र बोहराको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सञ्चालन जिल्ला सचिव भीमबहादुर रावलले सञ्चालन गरेका थिए । मङ्गलसेनमा अभिमुखीकरणपछि केन्द्रीयदेखि जिल्ला स्तरबाट खटाइएका प्रतिनिधिहरुले दुई महिना आफ्नो कार्य्षेत्रमा तोकिएको कम सम्पन्न गर्नुपर्नेछ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode