Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

वृद्धभत्ताको रकम नदिएको भन्दै कैलालीमा छोराले गरे आमाको हत्या


कैलालीमा बन्चरो प्रहार गरि आमाको हत्या गरिएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीया श्रीराम थारुले आमालाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्।

उनले मंगलवार राति ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बन्चरो प्रहार गरेर हत्या गरेका कैलाली प्रहरीले बताएको छ । बन्चरो प्रहारबाट गम्भीर धाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो। लम्कीमा उपचार सम्भब नभएपछि धनगढी ल्याइएको थियो। उनलको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय लम्कीले थारुलाई पक्राउ गरेको छ। उनलाई मंगलवार बिहान जंगलबाट पक्राउ गरिएको हो । श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ। उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेका हुन् ।


क्याटेगोरी : अपराध, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode