Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

भोलि र पर्सि पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना


भोलि र पर्सि देशको पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्ययमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सबैजसो उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम तथा जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।

यस्तै पहाडी र तराई क्षेत्रमा सामान्य वर्षा, चट्याङ र कतैकतै असिनाको समेत सम्भावना रहने उहाँले बताउनुभयो ।

भारतको मौसम विभागले यो हिउँदमा पहिलो पटक हिमाञ्चल प्रदेश, जम्मु कश्मिर र पूर्वी राजस्थानमा चेतावनी जारी गरेको छ ।

विभागले ति क्षेत्रमा ठूलो वर्षा र हिमपातको संभावना रहेकोले सावधानी अपनाउन भनेको छ । त्यही प्रणालीको असरले नेपालको पश्चिमी भेगमा हिमपात र वर्षाको सम्भावना रहेको हो ।

वर्षा र असिनाका कारण तराईमा तोरी खेतीमा क्षति पुग्ने जोखिम छ भने यातायात दुर्घटनाको जोखिम पनि हुने भएकोले सावधानी अपनाउन जलवायु विपदविज्ञ धर्मराज उप्रेतीको सुझाव छ ।

वागमती प्रदेश सहित पूर्वी भागमा भने यसपालि पनि वर्षा तथा हिमपातको सम्भावना कम देखिएको उप्रेतीले बताउनुभयो ।

यसअघि यही हप्ता पनि पश्चिमी क्षेत्रमा सामान्य वर्षा र हिमपात भएको भए पनि काठमाण्डौसहित पूर्वका क्षेत्रमा यो हिउँदमा वर्षा भएको छैन ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode